नेकपा(माओवादी केन्द्र) महाबैले गर्यो चुनावि प्रतिवद्धता (जस्ताको त्यस्तै प्रतिवद्धता सहित)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) महाबैले चुनावि प्रतिवद्धता सार्वजनिक गरेको छ । महाबै गाउँ पालिकामा सर्वसम्मत उम्मेद्धार छनोट गरेको नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षमा खेमबहादुर सिंह र उपाध्यक्षमा कृष्णकला शाही(काफ्ले)को तर्फबाट प्रतिवद्धता प्रस्तुत गरिएको हो । अघिल्लो कार्यकालमा नेपालि कांग्रेसको नेतृत्वमा रहेको स्थानिय सरकारको कामको कठोर आलोचकका रुपमा रहेको नेकपा(माओवादी केन्द्र)ले विरोध जनाउदै आफुहरुको नेतृत्वमा स्थानिय सरकार बनेपछि मोटरवेल,कृषिमा आधुनिकिकरण,पर्यटन प्रवद्धन तथा विकास निर्माणका कामका साथै भौतिक पूर्वाधारमा विशेष जोड दिने उल्लेख गरिएको छ । प्रतिवद्धता सार्वजनिक कार्यक्रममा सहभागि पत्रकारहरुले रोजगारी सृजना गर्ने गरी उचित खाका नआएको बताएका थिए । सोही क्रममा नेकपा(माओवादी केन्द्र) सरकारमा नभएको बेला गरेका कामको विवरण प्रतिवद्धतामा समाबेश हुनु पर्ने सुझावहरु आएको बताइएको छ ।
सार्वजनिक गरिएको प्रतिवद्धता जस्ताको त्यस्तै ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) महावै गाउँपालिका को चुनावी प्रतिवद्धता पत्र

आदरणीय महावै गाउँपालिका दाजुभाई दिदीबहिनीहरु,
हामी फेरी महावै गाउँपालिकाको स्थानीय पालिका दोश्रो पटक निवार्चन हुन गई रहेको छ । हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) ले पहिलो पालिका निर्वाचनमा नेपाली काँग्रेस, एमाले, ने.म.कि.पा. र रा.प्र.पा को गठबन्धन र जालझेल र षडयन्त्रका कारण पालीकाका ५ वटा वडा पालीका र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हार व्यहोर्न प¥यो र पहिलो निर्वाचनका ५ वर्षमा गठवन्धनको मार खेप्नु पर्ने भयो । हामीले गठवन्धनको कुटिल चाल बुझ्न सकेनौँ । जाल झेल तिकडम बुझ्न सकेनौँ । त्यो हाम्रो कमजोरी हुन । हामी राजनितिक चतुर हुन नसक्नु हाम्रा समस्या हुन । ५ वर्ष त हामी र हाम्रो जनताले दुख पाए । आज पनि फेरी हामीले जित्न सकेनौ भने यो गाउँपालीकाको हालत के होला ? समग्र विकासको हालत के होला ? यो पालीकामा निवार्चित प्रतिनिधिहरुले गरेको विकृती र विसंगतीहरु तपाई हाम्रा अगाडी घाम जस्तै छर्लङ्ग छन् ।
यो गाउँपालिकालाई सुन्दर र सम्बृद्धी गाउँपालिका बनाउनको लागि महाबै गाउँपालिकाका शिक्षक, कर्मचारी, बुद्धिजीबी सचेत नागरिक र आम जनसमुदायले गम्भिर रुपमा मनन् गरी आउने स्थानीयतह निर्वाचनमा सहि निर्णय गर्न जरुरी छ । यदी हाम्रो पाटी नेकपा माओवादी केन्द्रलाई निर्वाचित गर्न सकेनौ भने बिश्वका देशहरु मध्य श्रीलंकामा आएको आर्थिक संकट जस्तै ७५३ गाउँपालिका मध्य महाबै गाउँपालिका पनि आर्थिक संकट र अराजकताको प्राकाष्ट हुन सक्ने सम्भावना देखिएकोले आउने निर्वाचनमा आफ्नो मतलाई देश र जनताको भबिश्य सुन्दरको लागि प्रयोग गरी सुन्दर र सम्बृद्ध महाबै गाउँपालिका बनाउनु हुने छ ।
यसै क्रममा हामी दोस्रो स्थानीय पालीकाको निर्वाचनमा होमिएका छौँ । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धी (सविंधान) को रक्षा, प्रयोग र विकास गर्ने जसको नीति उसको नेतृत्व स्थापित गर्न र शहिदहरुको सपना साकार पार्नका लागि आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलनमा शाहादत प्राप्त गर्नुहुने शहिदहरु वेपत्ता योद्धाहरु, घाइते अपांग योद्धाहरु सबैमा उच्च सम्मान प्रकट गर्दछौँ । उहाँहरुका अधुरा लक्ष्यहरु पुरा गर्ने वाचा गर्दछौँ ।
हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) यो दोस्रो स्थानीय पालीकाको निर्वाचनमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक प्रतिवद्धता यो गाउँपालिकाको तर्फबाट तपाईसबै मतदातामा स्थानीय निकायको निर्वाचन सम्म हाम्रो सरकारले बनाउने नीति कार्यक्रम योजना तपाईहरु समक्ष प्रस्तुत गर्न चाहन्छौँ ।
विगतबाट पाठ नसिकी भविष्यको यात्रामा तय गर्न सकिँदैन । हाम्रो महावै गाउँपालिका पुर्व जाजरकोट र पश्चिम शभकालिका गापा उत्तर महावु गापा र दक्षिण खाडाँचक्र नपा र तिलागुफा नपा भित्रको चारकिल्ला भित्रको भुगोलभित्रको महावै गाउँपालिकाको राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाको आफ्नै महत्व छ । यस महावै गाउँपालिकाको जम्मा जनसंख्या छ र मतदाता संख्या छ ।
नेपालको सविंधानले विपन्न वर्ग, महिला, दलित, मधेशी, जनजाती, उत्पिडित क्षेत्र अल्प संख्यक जातिको प्रतिनिधित्व हुनेगरी समावेशी, समानुपातिक, धर्म निरपेक्षता हाम्रो पार्टीले बहन ग¥यो । सविंधान सभा, गणतन्त्र संघियता धर्म निरपेक्षता समावेशी समानुपातिक जस्ता परिववर्तनका महत्वपुर्ण एजेण्डा हाम्रो पार्टीका हुन । यीनै एजेण्डा स्थपित, प्रयोग र विकासका लागि जस्को नीति उस्को नेतृत्व आवश्यक पर्दछ ।
तर विडम्बना सालको स्थानिय पालिकाको निर्वाचनमा हाम्रो महावै गाउँपालिकामा ने.क.पा. एमाले, नेपाली काग्रेँस, रा.प्र.पा., ने.म.कि.पा.को अपवित्र गठबन्धनले नेपाली काग्रेसले गापा अध्यक्ष ने.क.पा. एमालेले उपाध्यक्ष र ने.म.कि.पा.ले एउटा वडा, एमालेले तिनवटा वडा ने.का. ले १ वटा वडा र हाम्रो पार्टीले २ वटा वडामा विजय प्राप्त ग¥यो । तर महावै गाउँपालिकामा परिवर्तनका एजेण्डाहरु सबै ओझेलमा परे । जनतामा अधिकारहरु सबै कुल्चिए । न त नीति निर्माण भए न त विकासको गति अघि बढ्न सक्यो । ५ वर्ष त विते तर गाउँपालिकामा कुनै पनि नीति र नियमावली नबनी तथा लिंगको जनप्रतिनिधि र भताभिङ्गको गाउँपालिका बनाएर छाडे । गाउँपालिका भित्र हे¥यो भने न संस्कारको विकास भएको छ न त नीतिबिधिमा गाउँपालिका चलेका छन् । वडा त झनै बिग्रेका छन् । कार्यालयमा भेटिने कुनै पनि गुण भेटिँदैनन् र तथ्यांकहरुको त सिलसिलेवारको कुरै नगरौँ ।
आर्थिक अनियमितताको कुरै नगरौँ कति हो कति । राणा शासनमा, पञ्चायतमा र वहुदलिय व्यवस्थामा यस्तो निरंकुशता भएन होला । यो गठबन्धनले जनतामा चरम निरंकुशता लाद्यो र परिवर्तनका एजेण्डा असफल हुन पुगे । यथास्थिति र निरंकुशताले प्रशव पायो । यति सम्म कि कार्यापालिकाको बैठक नै नबसि नीति तथा कार्यक्रम अध्यक्ष र उपाध्यक्ष्यले लागु गरे । त्यही सिको वडाहरुमा भयो र भेला नै नगरी उपभोक्ता समिति गठन गर्ने र कमिशन असुल गर्ने , वडाको वैठक नवसेर ५ वर्ष विते । यो समिक्षा विगत हो । विगत ५ वर्षको कालखण्डबाट सिक्नलायक केहिकुरा छैन र नमुना योग्य काम केहि पनि भएको छैन । जनप्रतिनिधिहरुले व्यक्तिगत सम्पत्ति कमाउन अवसर पाए । आफ्नै सबै नैतिकता बेचेर नाङ्गै हिडेका जनप्रतिनिधिहरुको विषयमा पाएको चर्चाले घिन लागेर आउँछ । यो काल खण्डबाट हामीले सिक्न लागेका कुरा एउटा पनि छैन ।
महावै गाउँपालिका सम्बृद्ध बनाउने हाम्रो ५ वर्षे कार्ययोजनाले समाज परिवर्तन र रुपान्तरणमा राजनितिक, आर्थिक, सामाजिक, तथा सांस्कृतिक क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । हाम्रो पार्टी ने.क.पा. माओवादि केन्द्रलाई विजय गराएमा हामी हाम्रो पालिकामा यो ५ वर्षमा निम्न अनुसारका कार्यहरु गर्न प्रतिबद्धता ब्यक्त गर्दछौं ।
राजनैतिक परिवर्तन
— राजनैतिक दलहरु सँगको सहकार्य मार्फत राजनैतिक परिवर्तनको एजेण्डा पास गर्न प्रतिपक्षलाई सकृय बनाउने कार्यक्रमहरु तयार गर्नेछौ । जस्त कार्यक्रमको प्रस्तुत अन्तरक्रिया छलफलबाट निचोड निकाली कार्यक्रम तय गर्ने योजना बनाउने छौँ । समय समयमा सुझाप संकल गर्न पतिबद्ध छौं ।
— समावेशी, समानुपातिक सहभागिता स्थापित गर्न सरकारको जुनसुकै काार्यक्रममा समावेश् िसमानुपातिक सहभागिता गरी कार्यक्रम सञ्चालन गर्नेछौँ ।
— जनताको सार्वभौमसत्ता, सविंधानको सर्वाेच्चता, विधीको शासन, वहुदलीय प्रतिस्पर्धी बालिग मताधिकार आवधिक निर्वाचन पुर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारलाई स्थापित गर्न सविंधानको अधिनमा रहि सम्पुर्ण कार्यक्रमको नीति र नियमावली तयार पारि समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक पद्धती स्थापित गर्नेछौँ ।
— ३१ वटा मौलिकहरु स्थापित र कार्यन्वयन गर्नका लागि विभिन्न कार्यक्रम तयार गरि अधिकार प्राप्तिको प्रत्याभुति गराइनेछ ।
— विभेद र उत्पिडनमा परेका महिलाहरुलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पुरुष सरह बराबरी अधिकारमा पु¥याउने विषेश अधिकारको व्यवस्था गर्नेछौँ ।
— दलितहरुलाई रााजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विशेष अधिकारको व्यवस्था गरिनेछ ।
— केन्द्र प्रदेशको मातहतमा स्थानिय तहलाई स्थापित गर्ने।

५ वर्षे रणनीति परिकल्पना
— यो दोश्रो स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) ले स्पष्ट बहुमत ल्याए पछि विभिन्न क्षेत्रमा गर्ने काम बारे आफ्नो प्रतिवद्धता प्रस्तुत गर्न चाहन्छ । हाम्रो दृढ विश्वास छ । हाम्रो पालिकामा प्रचुर मात्रामा प्राकृतिक सम्पदा छ । यो प्राकृतिक सम्पदाको उचित प्रयोग गरी हाम्रो पालिकामा रहेको सक्षम जनशक्तिको उचित प्रयोग तथा व्यवस्थापन गरी यो पालिकालाई समुन्नत र सम्बृद्ध बनाउन सकिनेछ । गरिबी, बेरोजगारी र असमानताबाट मुक्त बनाईनेछ ।
— शान्ति स्थापनाका लागि शहिद परिवार, घाईते अपांग, द्वन्द्व पिडितहरुका लागि छुट्टै कार्यक्रम तयार पारी उनीहरुलाई आयआर्जनका कार्यक्रममा सहभागी गराईनेछ भने उनीहरुको बालबालिकाहरुलाई उच्च शिक्षा तथा लोकसेवा पास गर्नका लागि निःशुल्क व्यवस्था गरिनेछ भने अन्य गरिब, विपन्न वर्गको जेहेन्दार विद्यार्थीहरुका लागि लोकसेवा, शिक्षा सेवा, महिला आयोग, दलित आयोग, मजदुर आयोगका लागि पालिका स्तरमा आयोग कक्षा सञ्चालन गरिनेछ । वर्षमा ७ जना जेहेन्दार विद्यार्थीका लागि प्रविधिक शिक्षा अध्ययनका लागि बजेटको व्यवस्था गरिनेछ र विभिन्न प्राविधिक विषयमा तालिमको व्यवस्था गरी रोजगारको व्यवस्था गरिनेछ ।
स्थिर सरकार भ्रष्टाचार मुक्त गाउँपालिका
— तीब्र आर्थिक विकास, सम्बृद्ध र शान्तिका लागि स्थिर सरकार र भ्रष्टाचार मुक्त सुशासन अनिवार्य सर्त हुन् । तर हाम्रो गाउँपालिका, राजनैतिक दल, दलका प्रतिनिधि देखि जनप्रतिनिधि सम्म भ्रष्टारचारको चरम चंगुलमा फसेका छन् । अकुत सम्पत्ती कमाउने होडवाजी चलेको छ । यसको अन्त्यका लागि हाम्रो पार्टीका उच्च तहमा रहेका प्रतिनिधिहरुको सम्पत्ती सार्वजनिक निर्वाचन हुनुभन्दा अगाडी नै सम्पत्ती सार्वजनिक गरिनेछ । निर्वाचनमा भाग लिने प्रतिनिधिको व्यक्तिगत सम्पत्ती पनि निर्वाचन हुनु भन्दा एक महिना अगाडी नै सम्पत्ती विवरण सार्वजनिक गरी सम्पत्तीको १० प्रतिशत रकम ने.क.पा. (माओवादी केन्द्र) को सम्पत्ती कोषमा जम्मा गर्ने र प्रत्येक वर्षमा १० प्रतिशत थप गरी जम्मा गर्न प्रतिबद्ध गराईनेछ ।
— विनियोजन गरिएका योजना तथा कार्यक्रम सरकार, समुदाय र अख्तियारबाट अनुगमन गर्ने प्रक्रिया सरुवात गराईनेछ ।
— गाउँपालिका देखि वडा सम्मका योजना तथा कार्यक्रमको सामाजिक लेखापरिक्षण गर्ने परिपाटीलाई तीब्रता दिईनेछ ।
— पालिकाको प्रत्येक योजना तथा कार्यक्रममा नागरिक वडापत्र तयार पार्न लगाईनेछ ।
— ठेक्का पट्टा र उपभोक्ता समितिबाट गरिने कामहरुको निगरानी र नियन्त्रण गर्न पालिका स्तरमा संयन्त्र तयार गरेर अनुगमन , निरिक्षण गर्ने र प्रतिवेदन तयार गर्ने र प्रतिवेदनको आधारमा पुरस्कार र दण्ड गर्ने व्यवस्था गरिनेछ ।
— न्यायको क्षेत्रलाई बढि प्रभावकारी बनाउन वडा स्तरमा न्यायिक समिति गठन गरी प्रभावकारी बनाईनेछ ।
तीब्र आर्थिक सम्बृद्धि र विकास
— हाम्रो पालिका जल, जमिन, जंगल, जलवायु र जनशक्तिको उचित प्रयोगका लागि उपयुक्त विकासका कार्यक्रम र नीति योजना बनाई साधन र श्रोतको परिचालन गरी अगाडी बढ्न सक्यौँ भने हाम्रो पालिकालाई आर्थिक विकासका लागि चमत्कारी फड्को मार्ने पालिकाको रुपमा स्थापित गर्न सक्नेछौँ । हामीलाई चाहिएको सहि नीति हो, हामी नीति बनाउँछौँ र हाम्रो नीति अनुसारको नेतृत्व विजय गराउनेछौँ र समग्र विकास गर्न र सम्बृद्ध गाउँपालिका बनाउँन हामी लागि पर्नेछौँ । गरिबी, बेरोजगारी र परनिर्भताको अन्त्य गरी समाजवाद उन्मुख आर्थिक क्रान्तिमा निरन्तरता दिँदै अगाडी बढ्नेछौँ ।
— आजको समयमा बेरोजगार समस्याहल गर्न प्रत्येक वडा स्तरमा श्रम कार्यदल श्रम सहकारी गठनगरी बेरोजगार समस्या हल गरिने छ ।
आगामी योजनाहरु
भौतिक पुर्वाधार तर्फ
— महाबु–सिम्खेत सडकको स्तरोन्नति गर्ने
— सिम्खेत–पादमघाट सडकको ट्रयाक खोल्ने देखि स्तरोन्नतीमा विशेष पहल गर्ने
— पान्तडी–पादमघाट सडकको निर्माण गर्ने
— घट्टेखोला पिपलचौतारा हुदै कुनी–पादमघाट सडक तत्कालै खुलाईनेछ ।
— पदमघाट–कतमपुर सडकको स्तरोन्नती गरी सञ्चालनमा ल्याईनेछ ।
— सेरावाडा–पादमघाट सडक निर्माणमा जोडदिने
मोटेरेवल पुल
— पाल्तडी पुलको टेण्डर भईसकेकोले निर्माण कम्पनीलाई काममा सक्रिय बनाई २ वर्ष भित्र पुल बनाउने ।
— सेरावाडा–पादमघाट पुलको बजेट निर्माण प्रक्रियामा विशेष जोड दिने
— घट्टेखोला तल र माथि रोल आवश्यकताका आधारमा पुल निर्माणको पहल गर्ने
विद्युतिकरण÷सौर्यउर्जा
— पालिकाको महत्व राख्ने भ्याकुनेगाउँ जलविद्युतको स्तरोन्नति गर्ने
— रेडपान्डाबाट सञ्चालित जलविद्युत वडा नं.३, झगुधारा जल विद्युत वडा नं. ४, महादेव पिको हाइड्रो कतमपुर वडा नं.१ लाई क्रमिक रुपमा स्तरोन्नति र निरन्तरता दिने ।
— वडा र टोलका महत्वपुर्ण स्थानमा सौर्यउर्जा राख्ने
— वुन्चुगाड जलविद्युतलाई थप विकास गरी तिलागुफाका ठिम्नीया चिलखाया, रातावाडा, रुरु लगायतका स्थानमा विद्युतीकरण गर्ने
— गोडीखोला पिको हाइड्रोको नयाँ योजनालाई कार्यान्वयन गर्ने
— राष्ट्रिय प्रसारण लाईनलाई चाँडो भन्दा चाँडो विद्युतीकरणका लागि पहल गर्ने
सिँचाई
— काडासैन सिँचाई कुलो, कुनी सिँचाईकुलो र त्रिपन्थी सिँचाई कुलो प्रदेश सरकारबाट बहुवर्षिय काम भईरहेको योजनाको थप बजेटिङ र समयमै कार्यसम्पन्नमा विशेष ध्यान दिने।
— बढीपहिरोका कारण डुकका सिँचाई कुलो, राम्नी सिँचाई कुलोलाई निर्माणको उच्च प्राथमिकतामा राखी तत्कालै निर्माण गर्ने
— ओदा सिँचाई कुलोको बाँकी कामलाई पुरा गर्ने
— झ्यागाड सिँचाई कुलो , बन्चुगाउँ सेरि सिँचाई कुलोको मर्मत सम्भार गर्ने
— अन्य साना सिँचाई कुलोहरुलाई आवश्यकताको पहिचान गरी निर्माण र मर्मत सम्भार गर्ने
खानेपानी
— प्रत्येक विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयमा अनिवार्य खानेपानीको नारा कार्यन्वयन गर्ने
— प्रत्येक वडास्तरमा भुमिगत एक घर एक धाराको नारालाई बहुवर्षिय कार्यन्वयन गर्ने
— सञ्चालित खानेपानीको मर्मत सम्भार गर्ने
— नदि नियन्त्रणः पान्तडी, पादमघाट र थामखेतको उच्च जोखिमलाई मध्यनजर गरी तटबन्धनको कार्यक्रम बनाउने
— बाढी पहिरोले जोखिम भएका ठाउँहरुको अध्ययन गरी तटबन्धन कार्यक्रम बनाउने
स्वास्थ्य तर्फ
— महावै सामुदायिक अस्पतालको स्तरोन्नति गरी सेवाप्रवाह गर्ने
— वडास्तरका स्वास्थ्य चौकीलाई प्रभावकारी कार्यन्वयनमा ल्याउने
— ३ नं. वडाको स्वास्थ्यचौकी निर्माणाधिन भवनलाई आवश्यक पुर्वाधारको जोड गरी सञ्चालनमा ल्याउने
— बिरामीको सहजताको लागि एम्बुलेन्स सञ्चालनमा ल्याउने
— कर्णाली लोकमार्गमा दुर्घटनाको जोखिमलाई मध्य नजर गरी पान्तडी ट्रमा सेन्टर सञ्चालन गर्न प्रदेश र संघिय सरकार तथा अन्य दातृ निकायको सहयोग लिने
शिक्षा तथा खेलकुद
— शिक्षाः हरेक विद्यालयको भौतिक, पुर्वाधार निर्माणमा विशेष जोडदिने
— शिक्षालाई गुणस्तर बनाउनु सँगसँगै प्रविधीमैत्री बनाउने
— शीक्षक शीक्षिकालाई विशेष तालिमको व्यवस्था गर्ने
— बालबिकास केन्द्रको सदुपयोग र स्तरोन्नति गर्ने
— माध्यमिक तह सम्मको शिक्षा पुर्ण रुपमा निःशुल्क गर्ने
— असाध्यै गरिब, द्वन्द्व पिडीत परिवारका बालबालिकाको शिक्षालाई विशेष ध्यानदिई आवासिय जनशिक्षालय सञ्चालन गर्ने
— कर्णाली कृषि क्याम्पस सञ्चालनमा जोडदिने।
खेलकुद
— पालिका स्तरमा एक नमुना रंगशाला निर्माण गर्ने
— वडास्तर र माध्यमिक विद्यालयमा अनिवार्य खेलकुद मैदान निर्माण गर्ने
— हरेक माध्यमिक विद्यालयमा खेलकुद प्रशिक्षक राख्ने
— आन्तरिक एवं बाह्य प्रतिस्पर्धामा नियमित खेलकुद गतिविधी, राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागिता प्रशिक्षक, प्रशिक्षण सञ्चालन गर्ने
— पालिका स्तरमा एक नमुना खेलकुद कपको स्थापना गर्ने
सुचना तथा संचार तर्फ
— हालसम्म पनि टेलिफोन समस्यालाई मध्यनजर गरी टावर निर्माण र ठिम्नीयाको टावर निर्माण कम्पनीसँगै परामर्श गरी चाँडो भन्दा चाँडो हल गर्ने
— प्रत्येक वडा कार्यालय, सरकारी कार्यालयहरुमा अनिवार्य इन्टरनेट जडान गरी सञ्चालनमा ल्याउने । शुल्क तिर्न नसक्ने समस्यालाई पूनः नदोहो¥याउने
— सामरिक महत्वका स्थानमा वाइफाइ जडान गरी फ्रि वाइफाइ जोन सञ्चालनमा ल्याउने
— सुचना र संचारको आजको महत्वलाई जनतासामु सरल सहज तरिकाले पु¥याउने ।
धार्मिक तथा पर्यटकिय क्षेत्र
— महावु धार्मिक तथा पर्यटकिय क्षेत्र योजनाबद्ध पुर्वाधार निर्माण र प्रचार—प्रसारको कामलाई जोडदिने
— ऐतिहासिक महत्वका धार्मिक स्थल पादमघाट, एल्केसल्ला, देउलगेला, जगन्नाथ मन्दिर लगायतका स्थानहरुको भौतिक पुर्वाधार निर्माण गर्ने । मुख्यगरि (पाहुनाघर निर्माण गर्ने)
— झल्के छहरा, प्राकृतिक झरनालाई संरक्षित गरी प्रचार—प्रसार गर्ने
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांग, तथा युवातर्फ
— हरेक विषयगत समितिको अवस्थाबारे जानकारी लिने र गठन, पुनर्गठन गरी सक्रीय बनाउने
— विभिन्न खालका सामाजिक सुरक्षाभत्ताको लागि आन्दोलन होइन, अधिकारको रुपमा लिने
कृषि तथा पशूपालनः
— महावै अर्गानिक गाउँपालिका बनाउन जोड दिने
— एक वडा एक कृषि र पशुपालन पकेट क्षेत्र निर्माण गर्ने
— कृषि र पशुपालनमा नमुना काम गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने
— कृषि र पशुपालनको क्षेत्रमा लगानी केन्द्रित गरी बेरोजगारी समस्या समेत हल गरी फलफुल र तरकारीको सम्भाव्यता अध्ययन गरी कार्य सञ्चालन गर्ने
— प्रत्येक वडामा संकलन केन्द्र खडा गरी किसानले उत्पादन गरेका बस्तुहरु खरिद गरी बिक्री गर्ने ।
वन तथा वातावरण
— प्रत्येक सामुदायिक वन उपझोक्ता समितिहरुलाई जिल्ला वन कार्यालयसँग समन्वय गरी व्यापक बृक्षारोपण गर्ने, अनावश्यक जंगल फडानी रोक्ने र वातावरणमा असर नपर्ने गरी सडक निर्माण कार्यमा समेत ध्यान दिने
— स्वच्छ हावापानी स्वच्छ महावैको नारालाई स्थापित गर्न हरेक जन्मदर्ता गर्दा वडाकार्यलयमा १ वृक्षारोपणको नीति लागु गरिनेछ ।
समुह तथा सहकारी तर्फ
— पालिका स्तरमा भएका सबै सहकारी तथा समुहको अध्ययन गर्ने
— कृषि सहकारी, महिला सहकारी, सानाकिसान तथा अन्य सहकारीहरुको भौतिक पुर्वाधार निर्माण गर्ने

बिबिध
लसुनढुगा लाई टाउन पलानिङ गरी ब्यवस्थीत बजारीकरणको प्रकृया अगाडी बढाइने छ ।
वडा स्तरमा नमुना पसलहरु संचालन गरिने छ ।
पान्तडी बजार र पात्मगाडलाई नमुना बजार संचालन गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित