जनयुद्धका घाईते पचालझरनाका दिलिप बने माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेद्धार

7
SHARES
15
VIEWS

कालीकोट ।जनयुद्धका समयमा जनमुक्ति सेनामा कार्यरत घाईते कृप कठायत(दिलिप) पचालझरना वडा न.३का उम्मेद्धार सिफारिस भएका छन ।

लामो समय जनयुद्धमा सहभागि भएका दिलिपले नेकपा(माओवादी केन्द्र)पचालझरना गाउँ पालिकाको वडा न.३ खार्दुको वडा अध्यक्षमा सिफारिस गरिएको बताइएको छ । नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ पालिकाका अध्यक्ष पौरख विकका अनुसार जनयुद्धका घाईते भएका कमरेडलाई पहिलो प्राथमिकतामा राखेर वडा अध्यक्षका लागि सिफारिस गरिएको बताइएको छ । उनका अनुसा अहिले पनि उपचार जारी रहेको भएपनि पार्टी क्रान्ति र जनताको हितका लागि विरामी भएपनि प्राथमिकता मा राखिएको बताए । तत्कालिन जनमुक्ति सेनाका कृप कठायत(दिलिप) तौलिहवाको भिडन्तमा पेटमा गोलि लागेर घाईते भएका थिए । पेट र बांया तिघ्रामा गोलि लागेको कठायतको अहिले तल्लो भागका खुट्टामा प्यारालाइसेस भएको र स्टेचरमा गएर भएपनि समुदायहरु संग भोट माग्ने बताए ।

जनतामा आएको निराशा र भष्टाचारको अन्तका लागि आफु निरन्तर लड्ने बताए । आफुले वडा अध्यक्षमा निर्वाचित भएपछि पचालझरनाकाृे संरक्षण गर्ने र पर्यटकहरुको उचित व्यवस्थापन गर्दै रोजगारी सृजना गर्ने अठोट रहेको दावि गरेका छन । त्यसै गरी उनले आफु जस्ता घाईतेहरुको हितका लागि स्थानिय सरकार गएर आवश्यक नितिको व्यवस्थापन गर्ने समेत बताएका छन ।

जनयुद्धका घाईते र अहिले पनि समाजसेवामा निरन्तर लागि परेकै कारण दिलिपलाई जनताले रुचाएको र पार्टीले विश्वास गरेर वडा अध्यक्षको उम्मेद्धार बनाएको पचालझरना गाउँ पालिका पूर्व अध्यक्ष तथा नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेश कमिटी सदस्य खडगराज सेजुवालले बताएका छन ।पचालझरनाका सबै वडाहरुमा उम्मेद्धारको टुंगो लगाइएको नेता सेजुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित