कालीकोटमा गठबन्धन विच भागबण्डा ,पांच पालिकामा माओवादी केन्द्र

7
SHARES
15
VIEWS

कालीकोट । सत्तारुढ दलहरुको गठबन्धन दलहरुको कर्नालि प्रदेशका १० जिल्लाको सहमति भएको छ । सोही अनुसार कालीकोट जिल्लाका ९ स्थानिय तहहरु मध्ये दुई नगरपालिका र ३ गाउँ पालिका गरी ५ वटा पालिका प्रमुख माओवादी केन्द्रलाई परेको छ भने एक नगरपालिका सहित १ गाउँ पालिका नेपालि कांग्रेस र दुई वटा गाउँ पालिका प्रमुखमा एकिकृत समाजवादीको भागमा परेको छ ।

जस अनुसार नेकपा(माओवादी केन्द्र)लाई तिलागुफा, रास्कोट नगरपालिका र पचालझरना,सान्नित्रिवेणि,पलांता  गाउँपालिका रहेको नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य विष्णु विकले बताउनु भएको छ ।

त्यसै गरी नेकपा(एकिकृत समाजवादी)को शुभकालिका र नरहरिनाथ गाउँ पालिका रहेको छ भने खांडाचक्र नगरपालिका र महाबै गाउँ पालिकामा नेपालि कांग्रेसले प्रमुख पाउने भएको छ । सोही अनुसार पालिका उप्रमुखहरुमा शुभकालिका,नरहरिनाथ,खांडाचक्र र महाबै गाउँ पालिकामा नेकपा माओवादी केन्द्रले नेतृत्व लिने छ भने पचालझरना ,पलांता र तिलागुफामा नेपालि कांग्रेसको जिम्मा रहेको छ ।

त्यसै गरी एकिकृत समाजवादीलाई सान्नित्रिवेणि र रास्कोट नगरपालिकाको उपप्रमुख पाउने भएको बताइएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा कालीकोट जिल्लामा माओवादी केन्द्रले दुई नगरपालिका सहित ३ गाउँ पालिका जितेको थियो भने ति स्थानमा तत्कालिन एमाले र एक गाउँ पालिकामा नेपालि कांग्रेसले जित हांसिल गरेको थियो ।

कर्नालि प्रदेशका १० जिल्ला मध्ये कालीकोट,रुकुम पश्चिम र सल्यानमा विवाद भएपछि नेपाल सरकारका अर्थमन्त्रि जनार्दशन शर्मा र नेपालि कांग्रेसका पार्टी उपसभापति पूर्ण बहादुर खड्का विच वान टु वान वार्ता भएपछि टुंगोमा पुगेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित