स्थानिय चुनाव : कालीकोटमा गठबन्धन विरुद्ध कार्यक्रता

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनमा गठबन्धनका लागि तयार भएका राजनैतिक दलहरु कालीकोटमा गठबन्धन विरुद्ध उत्रिएका छन ।नेपालि कांग्रेसले जिल्ला भर एकल उम्मेद्धार दिने निणर्य संगै गठबन्धन भत्किएको छ ।

त्यति मात्र नभई पार्टी भित्र भुकम्प गएको छ । विशेष गरी नेकपा(माओवादी केन्द्र) भित्र कार्यक्रताहरु विभाजनमा आएका छन । विभिन्न स्थानिय तहमा पार्टी भित्र बागि दिन शुरु भएको छ । स्थानिय चुनावको समयमा नेकपा(माओवादी केन्द्र)ले तिन जना प्रदेश कमिटि गुमाएको छ । जसमा तिनै जना एमालेमा प्रवेश गरेका छन । कर्नालि प्रदेश कमिटि सदस्य महेन्द्र बहादुर शाही,कृष्ण प्रसाद आचार्य र अनन्त विश्वकर्माले माओवादी परित्याग गरेका छन ।

उनिहरुले माओवादीले आफ्नो त्याग तपस्याको कुनै पनि वास्ता नगरेको आरोप लगाएका छन ।जिल्लामा उम्मेद्धारको टिकट वितरणमा मनपरी भएको भन्दै कार्यक्रताहरु आक्रोसमा आएका छन । पलांताका लक्ष्मण बमले स्वतन्त्र भएको घोषणा गरेका छन भने सान्नित्रिवेणि गाउँ पालिकाका मिठु बम(शैलजा)ले पनि पार्टी सदस्य नरहेको बताएकी छन ।

जिल्लामा गठबन्धन भएको राजनैतिक दलहरुमा पाँच माओवादी केन्द्र र दुई दुई वटा स्थानिय तहमा नेपालि कांग्रेस जाने सहमति संगै नेपालि कांग्रेसले एकल उम्मेद्धार दिने निणर्य गरेको छ भने एकिकृत समाजवादीले पार्टी कार्यालयमा कार्यक्रताहरुले नाराबाजिका साथै तोडफोड गर्नुका साथै एकल उम्मेद्धार दिने बताएका छन ।

स्थानिय तहको निर्वाचनको उम्मेद्धारी दर्ताका समयमा भांडभैलो हुनुले माओवादी केन्द्रलाई घाटा हुने विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित