कालीकोट अपडेट: स्थानीय चुनाव नगर प्रमुख १० जना सहित ९८६ जना दाबेदार

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनमा कालीकोटका ९ स्थानिय तहमा १ सय ८ जनाले पालिकामा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छ्न। जसमा तीन नगर पालिका रहेको कालीकोटमा १० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन भने ८ जनाले उपप्रमुखको उम्मेदवारी दर्ता भएको छ ।
त्यसै गरि ६ गाउँ पालिका रहेकोमा ४५ जनाले पालिका अध्यक्ष र ४० जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छ्न ।८२ वडा रहेको कालीकोटमा २ सय ९१ वडा अध्यक्ष, १ सय ३८ महिला सदस्य सहित १ सय ११ दलित महिला सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसै गरेर खुला सदस्यमा ३ सय ४३ गरेर कालीकोट जिल्लाका सबै स्थानीय तहमा ९ सय ८६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कालीकोटमा नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र,समाजवादी,रास्ट्रीय जनमोर्चा, नेमकिपाले उम्मेदवारी दिएका छन । यस अघि पाँच स्थानी तह जितेको कालीकोटमा सबै दलले दाबी गर्दै आएका छ्न । यस पटकको निर्वाचनमा बिप्लव नेकपा पनि सहभागी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित