स्थानीय निर्वाचन :नरहरिनाथमा यस्तो छ ? कस्ले मार्ला बाजी ?

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनमा दलहरुको विशेष भिडन्त हुने देखिन्छ । विशेष गरेर यस अघिका निर्वाचनमा बहुस्कारको निती लिएको बिप्लव नेकपाको समेत निर्वाचनमा सहभागिता भए संगै जिल्लाका नरहरिनाथ,रास्कोट,पचालझरना र पलातामा उम्मेदवारी परेको छ । अन्य पालिकामा न्यून प्रभाब रहेको भएपनी नरहरिनाथमा प्रबक्ता प्रकाण्डको गाउँ भएकाले रहस्यमय ततिकाले हेरिएको छ । नरहरिनाथ गाउँ पालिकामा नेकपाले केन्द्रिय सदस्य एटम बिसिलाइ अध्यक्ष पदका लागि उम्मेदवारी उठाए संगै रस्साकसी हुने देखिन्छ ।जिल्लाको नरहरिनाथ गाउँ पालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धिर बहादुर बिस्ट अध्यक्षको सहमती भएपनी सबै द्लले उम्मेदवारी दिएका छ्न । त्यसै गरेर नेकपा माओवादी केन्द्रका तर्फबाट केन्द्रिय सदस्य बिश्णु बिकले अध्यक्षमा उम्मेदवारी दिएका छन भने नेपाली कांग्रेसका जिल्ला सचीव नगेन्द्र बिस्टले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छ्न । नेकपा( एमाले)का तर्फबाट  जिल्ला सचीव टेक बहादुर बुढा अध्यक्षको उम्मेदवारी रहेको बताइएको छ । गठबन्धन नभएको अवस्थामा बिप्लव नेकपाका केन्द्रिय सदस्य एटम बिसिले बाजि मार्न सक्ने जानकारहरुले बताउन थालेका छ्न भने गठबन्धन भएमा एकीकृत समाजवादी र माओवादी का तर्फबाटका उम्मेदवारले बाजि मार्ने अनुमान गरिएको छ । जिल्लाभर गठबन्धन विरुद्ध उम्मेदवारी परेपछी निकाशका लागि प्रदेश तथा जिल्ला स्तरमा छलफल गर्दै पालिकामा समेत आपसी सहमतिमा अघि बढ्ने नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सदस्य बिष्णु बिकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित