पचालझरनामा आठ सय महिलाहरुलाई स्वरोजगार बनाउछौं –उपाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट,असार ।जिल्लाको पचालझरना गाउँ पालिकामा आठ सय महिलाहरुलाई स्वरोजगार बनाउने गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले बताउनु भएको छ । वहांले भन्नु भयो विगतका वर्षहरुमा सिप मुलक तथा चेतना मुलक कार्यक्रममा केन्द्रित रहेर काम गरेको पचालझरना गाउँ पालिकाले आउने वर्षमा महिलाहरुलाई आत्मसनर्भर बनाउन स्वरोजगारका कार्यक्रम गर्ने तयारी गरेका छौं ।


पचालझरना गाउँ पालिकामा प्रत्येक वडा स्तरमा दुई सय ५० जनाको समुहमा युवा श्रम केन्द्र(निर्माण दल) गठन गर्ने तयारी गरेको बताउदै उक्त समुहमा महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गर्ने दावि गर्नु भएको छ । गाउँ पालिका भित्रका हरेक विकास निर्माणका कामहरुलाई एकरुपतामा ल्याउन र उपभोक्ता समितिमा हुने हानथापलाई अन्त गर्ने तयारीमा रहेको पचालझरना गाउँ पालिकामा युवा श्रम केन्द्र गठनको तयारी भएको त्यस मार्फत महिला सहभागिताको सुनिश्चित गरी रोजगारी दिने र पचालझरना गाउँ पालिकामा आगामी वर्षका लागि महिलाहरुलाई लोक सेवा तयारी कक्षा संचालन गर्ने,दलित महिलाहरुलाई छात्रबृति कार्यक्रम र अपांग महिलाहरुलाईलाई सिप मुलक कार्यक्रम संचालन गर्ने तयारी भएको छ ।


जिल्लामा महिलाहरु माथि हुने अन्यायका विरुद्ध आवाज उठाउने महिलाहरुलाई आत्मनिर्भर बनाउनु आजको आवश्यक्ता रहेको औंल्याउदै उपाध्यक्ष न्यौपानेले यस अघि एक सय ५० जना महिलाहरुलाई सिप मुलक तालिम दिएको र सिप सिकेका महिलाहरुलाई स्वरोजगार बनाउनु गाउँ पालिकाको दायित्व भएकाले त्यसमा केन्द्रित भएर अगाडी बढ्ने उल्लेख गर्नु भएको छ । आर्थिक वर्ष २०७६।०७७का लागि महिलाका क्षेत्रमा गाउँ पालिकाबाट २०लाख र शसर्त अनुदान तर्फ २५ लाख गरी ४५ लाख रकम विनियोति भएकोमा कोरोना कोषमा रकमान्तरले कुनै कार्यक्रम नभएकाले आगामी वर्ष त्यसलाई निरन्तरता दिने तयारी गरिएको बताइएको छ ।


न्यायिक समिति संयोजक समेत रहनु भएको गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेल आर्थिक वर्ष २०७६।०७७मा जम्मा २ सय ७५ मुद्धा समितिमा आएको र सबै मिलापत्र गरी हल गरेको बताउदै स्थानिय स्तरमा प्रत्येक वडामा मेलमिलाप समिति छन उनिहरु मार्फत हल भएर वटिल समस्याका मुद्धा मात्र न्यायिक समितिमा आउने गरेका छन वहांले भन्नु भयो समितिमा भन्दा पनि प्रहरीमा जांदा न्याय पाइने र छिटो छरितो हुने गरेकाले प्रहरी चौकीमा मुद्धा बढ्ने गरेको स्विकार गर्दै जहाँ गएपनि न्यायिक समितिको सल्लाहमा समाधान हुने गरेको बताउनु भयो ।

त्यस्तै फरक प्रसंगमा कुरा गर्दै गाउँ पालिकाले निर्धारण गरेको राजस्वका सम्बन्धमा तोके अनुसारको राजश्व संकलन हुन नसकेकाले यसलाई आगामी वर्षमा व्यवस्थित गरेर लैजाने तयारीमा रहेको समेत बताउनु भएको छ । वहाँले गएको वर्ष राजश्व संकलनका आधारमा बजेट विनियोज समेत गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित