स्थानीय निर्वाचन :कालीकोटमा गठबन्धन बाहिर नजाने तीन बुदे परिपत्र

7
SHARES
15
VIEWS

कालीकोट।सत्ता गठबन्धन दलको कालीकोटको बैठक सम्पन्न भएको छ । जिल्लामा रहेका नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको उपस्थितिमा बसेको बैठकले तीन बुदे परिपत्र जारी गरेको छ । जस्मा नेपाली कांग्रेसबाट अम्ब बहादुर शाही,माओवादी केन्द्रका लक्ष्मी चौलागाईं,एकीकृत समाजवादिका कुर्मराज शाही,राजमोका कृष्ण बहादुर शाही द्वारा हस्ताक्षर गरिएको परिपत्रमा पालिका स्तरमा पांच दलिय गठबन्धन दलहरुमा मात्रातालमेल गर्ने र स्थानीय कमिटीलाई तत्काल बैठक बसेर सहमती गर्ने बताइएको छ ।त्यसै गरेर सहमती नभए गठबन्धन दलहरु बिच स्वस्थ प्रतिस्पर्धा गर्ने र कमजोर भएका वडाहरुमा गठबन्धन गरेर बिजय हांसिल गर्न विशेष पहल गर्ने उल्लेख गरिएको छ । जिल्लाका महाबै लगाएतका स्थानीय तहमा एमाले संग तालमेल गरिएको छ । नेकपा माओवादी केन्द्र कालीकोटका संयोजक लक्ष्मी चौलागाईंले आफ्नो पार्टीले पालना गर्न पालिका कमिटीलाई सर्कुलर पठाएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित