माओवादी केन्द्रले बागि उम्मेद्धारी फिर्ता नगरे पार्टीबाट निष्काशन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले पालिकालाई गठबन्धन गर्ने वा नगर्ने अधिकार तल्लो तहलाई दिएको छ ।

बुधबार बसेको कार्यालयको बैठकले परिपत्र जारी गरेको हो । बैठकले निर्वाचनले तोकेको समय सिमा भित्र बागि र स्वतन्त्र उम्मेद्धारलाई फिर्ता लिन आग्रह गरेको छ भने यदि फिर्ता नलिएमा उम्मेद्धारी खारेजि संगै जिम्मेवारीबाट निलम्बित गर्ने जनाएको छ ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक लक्ष्मि प्रासद चौलागाई (शैलेन्द्र)ले दिएको जानकारी अनुसार जिल्ला स्तरको गठबन्धन दलको बैठकले गरेका निणर्य अनुसार वडा देखि पालिका सम्म पहिलो प्राथमिकतामा तालामेल गर्ने यदि सो नभए स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भएको बताउनु भएको छ ।

नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा भएको बैठकले सो निणर्य गरेको बताइएको छ । सो निर्देशनलाई मान्दै धमाधम स्वतन्त्र उम्मेद्धारहरुले फिता लिन थालेको छन । सान्नित्रिवेणि गाउँ पालिकामा देवनारायण संज्यालले फिर्ता दिएका छन भने रास्कोटमा छलफल जारी रहेको र फिर्ता लिने सहमति भएको एक नेताले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित