माओवादी केन्द्रले पचालझरानामा सबै भन्दा बढी दलित वडाअध्यक्ष बनायो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले सबै भन्दा बढी दलित प्रतिनिधित्व हुने गरेर स्थानीय तहको जिम्मेवारी दिएको छ । पचालझरना गाउँ पालिकामा ९ वडा मध्ये ४ वडामा दलित प्रतिनिधित्व हुने गरी वडाअध्यक्षको जिम्मेवारी दिएको छ । कानुनी मान्यता पाएको बाहेक अन्य महत्त्वपूर्ण पदमा दलितलाई अधिकार दिएको हो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ५ जना वडाअध्यक्षको पद दिएको थियो । यस पटक पनि ४ जनालाइ दिएको पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भयो । वहाँका अनुसार पचालझरना गाउँ पालिकामा वडा नम्बर एक बाट बिर्खे लुहार उनी २०७४ सालमा पराजय भएका थिए भने वडा नम्बर २ मा करबिर बिकलाई पुन उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा बिजयी भएका थिए । त्यसै गरेर वडानम्बर ५ मा रत्न बिक रहेका छन भने वडा नम्बर ८ मा जयराम टमटा रहेको बताइएको छ । यस अघि सो वडामा डम्बरे कामी वडाअध्यक्ष रहेका थिए । पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रले ६ वटा वडा जित हांसिल गर्दै बहुमत ल्याएको थियो भने नेपाली कांग्रेसले २ र एमालेले एक वडामा जित हांंसिल गरेको बताइएको छ ।यस पटक नेकपा( माओवादी केन्द्र)ले देबराज शाही अग्नि र अल्किना बमलाइ गाउँ पालिका अध्यक्षको उम्मेद्वारी दिएको छ । त्यसै गरी नेपाली  कांंग्रेशले टेक बहादुर बुढा सुमित्रा बमलाइ उम्मेदवारी बनाएको छ ।यी दुई दलहरु बिच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित