पलातामा इन्द्रको उदय भैसक्यो,पलाताको मुहार फेरिन्छ-पलाता बासि

7
SHARES
15
VIEWS

कालीकोट । पलाताबासिले नेकपा(माओवादी केन्द्र)पलाताका अध्यक्ष बिष्णु रोकाय(इन्द्र)को उदय हुनु पलाताबासिको लागि खुशिको कुरा भएको बताएका छ्न ।पलातामा बिगतको समयमा सत्ता संचालकले जनताको हितमा भन्दा ब्याक्तिगत स्वार्थका लागि अग्रसर भएको भन्दै जनताको पक्षमा गलत कुराको भण्डाफोर गर्दै निरन्तर संघर्षरत बिस्णु रोकायले मात्र पलाती जनताको मुहार परिवर्तन गर्ने बताएका छ्न ।

पलाता एकका मनप्रसाद न्यौपानेले जनता माथी  गुण्डा ल्याएर आक्रमण गर्ने देखि अहिले सम्म सत्ता लिप्सामा लागेर पलातालाइ खोक्रो पार्नेहरुको अहिले हबिगत देखिएको बताए । उनले भने पलातामा अब केही हुन्छ कि ?यस अघि माओवादी हौं भनेर सत्तामा पुगेकाहरुले पलाती जनताको हित बिपरित काम गरेको बताउदै उनिहरुको कल्याण कहिले नहुने पलातिबासिको भनाइ रहेको छ ।

पलातामा इन्द्रले टिकट नपाउनकै लागि जिल्ला सदरमुकाम मान्ममा बसेर नक्कली हस्ताक्षर बुझाएको पलातका एक नेताले बताए । उनले भने बहुमतको निर्णय भन्दै ३६ जना गाउँ कमिटीको नक्कली हस्ताक्षर गरेर पनि असफल भएपछि अहिले जन बिरोधि हर्कत अगाडि बढाएकोले पलाताबासी सबै सचेत रहनु पर्ने गाउँ पालिका अध्यक्षका उम्मेदवार बिष्णु रोकायाले बताए । आफुले हिजो पनि जनताको पक्षमा काअ गरेको र भोलि पनि जनताको पक्षमा काम गर्ने र बिगतको भन्दा नयाँ पन दिने दाबी गरेका छ्न । पलाता गाउँ कमिटीका उपाध्यक्ष मान बहादुर भण्डारीले पलातामा हैकमवादी शासन सैलीको अन्त हुने बताएका छ्न ।

आफुले बिगतमा बिधिपद्वतिमा अघि बढ्न आग्रह गर्दा त्यसो नभएपछी आफुले संघर्ष गरेको बताउदै इन्द्रले जिते त्यसो नहुने बताएका छ्न । उनले हिजो पनि आफू जनतामा फर्केको र अहिले पनि जनतामा रहेको भोलि पनि जनताको पक्षमा रहने भएकोले जनप्रीय नेता इन्द्रलाइ जिताउन आफु लागि परेको बताए ।

जनताका पक्षमा काम गरेकाले बहुमतले जित हुनेमा आफू रहेको भण्डारीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित