पलाताका एकदुइ जना अवसरवादीहरु बाहिरिदैमा माओवादीलाई असर पर्दैन-पुर्ब मुख्यमन्त्री शाही,थिर्पुबाट चुनावी अभियानको शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पलाताको थिर्पुमा पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही(प्रज्वल)को उपस्थितिमा चुनावी अभियान शुरु भएको छ। स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियान शुरु गरेको माओवादी केन्द्र पलाताले थिर्पु बाट अभियान शुरु गरेको हो । चुनावी अभियानलाई सम्बोधन गर्दै नेकपा( माओवादी केन्द्र)पलातामा अवसरवादीहरुको पलायनले माओवादी केन्द्रलाइ कुनै पनि असर नपारेको बरु झन बलियो भएको जिकिर गर्नु भएको छ । जनसमुदाय र आम पार्टी कार्यक्रतालाइ एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नु भएको छ । हिजो पनि टुटफुट भएको स्मरण गर्दै आफ्नो दुनु सोझ्याउनेहरुले हिजो पनि साथ नदिएको र आगामी दिनमा पनि नङ्गिदै जाने बताउनु भएको छ ।पुर्ब मुख्यमन्त्री शाहिले अहिले अवसर खोज्न अन्यदलमा जानेहरुलाइ बिगतमा यहि पार्टीले गर्दा त्यहाँ अवसर पाएकाले भोलि पछुतो हुने बताउनु भएको छ ।पुर्ब मुख्यमन्त्री शाहीले भोलि कुनै दिन माओवादी पार्टीलाई सम्झिने दिन आउने समेत बताउनु भएको छ । उक्त चुनावी सभामा पलाता गाउँ पालिकाका अध्यक्षका उम्मेदवार बिष्णु रोकाया,पालिका उपाध्यक्ष मान बहादुर भण्डारी लगाएतले जनताको साथ माओवादीलाई भएको तर टाउकेरेहरु मात्र पार्टीबाट बढारिएको ठोकुवा गरेका छन।नेकपा( माओवादी केन्द्र)पलातामा राजेश र त्यसका आसापासका दुई /चार जना बाहिरिएकाले सच्चा माओवादी झन बलियो भएको र माओवादीको जित सुनिस्चित भएको राज बहादुर क्षेत्रीले बताएका छ्न । उनका अनुसार पलाताका अन्य वडाहरुमा अभियान शुरूवात भएक छ । सबै वडामा माओवादीको जनलहर आएको माओवादी केन्द्र पलाताले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित