रास्कोटको लहरेलाबाट शुरु भयो गठबन्धन दलको चुनावी अभियान,मेयर शाही र उपमेयर बराल रास्कोटका घरघरमा

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनमा होमिएका दलहरु अहिले मतदाताको घरघरमा पुग्न थालेका छन । ५ वर्षमा के के गर्ना सकिन्छ्न प्रतिबद्धता सहित घरघरमा पुग्न थालेपछी चुनावी रौनकता बढेको छ ।रास्कोट नगरपालिकामा गठबन्धन गरेको नेकपा(माओवादी केन्द्र)र एकीकृत समाजवादीका साझा उम्मेदवारले रास्कोट नगरपालिकाको वडा नम्बर १ लहरेला,बहलतोलाबाट अभियान शुरु गरेका छ्न ।माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार  धर्मराज शाही (पोषण), उपमेयरका उम्मेदवार मनिराज बराल सहितका नेताहरु घरदैलो अभियानमा जुटेका हुन । रास्कोटका सबै घरमा गएर मतदातालाइ भेटघाट तिब्र पारेका छ्न । जनताको न्यानो स्वागत संगै कार्यक्रताहरुमा गठबन्धन दलहरूका साझा उम्मेदवारको जित हुनेमा आशाबादी रहेको बताइएको छ ।उम्मेदवारहरुले जनतामा आएको उत्साह र कार्यक्रताहरुको सकृयताले झन जित पक्का भएको बताएका छ्न । वडा देखि पालिका सम्म अभियान टोलि बनाइएको माओवादी केन्द्र रास्कोटका उपाध्यक्ष पदम खड्काले बताए । उनले भने अब रास्कोटमा गठबन्धन बाहेको अरु कसैको केहि नहुने दाबी गरेका छ्न ।यस अघि नेकपा(एमाले)बाट मेयर पदमा प्रतिस्पर्धामा उत्रिएका मनिराज बराल उपमेयरका उम्मेदवार रहेका छन भने रास्कोटम यस अघि माओवादी केन्द्रले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित