कालीकोटमा कहाँ को संग भयो गठबन्धन ? कुन पालिकामा कस्ले मार्ला बाजि ?

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनको समय नजिकिदै जान थालेपछि गाउँ गाउँमा चुनावि रौनकता बढ्न थालेको छ । लामो समय टिकट वितरणमा अलमलिएका दलहरु पछिल्लो समय मतदाताको घरघरमा जान थालेका छन । केन्द्रिय गठबन्धन र जिल्लाको परिस्थिति अनुसार दलहरु आफ्नो अनुकुलतामा चुनावि मैदानमा होमिएका छन । कालीकोटमा सक्रिय राजनैतिक दलहरुले केन्द्रको गठबन्धनको निति विपरित चुनावि मैदानमा उत्रिएका छन ।

जिल्लाको नरहरिनाथ गाउँ पालिकामा एकिकृत समाजवादीका उम्मेद्धार धिरबबहादुर विष्ट अध्यक्षमा रहेका छन भने उपाध्यक्षमा माओवादी केन्द्रका कमल शाह रहेका छन भने सान्नित्रिवेणि गाउँ पालिकामा अध्यक्षका उम्मेद्धार डम्बर बहादुर शाहीका विरुद्ध बागि उम्मेद्धार मोहन केसी अध्यक्ष  र उपाध्यक्षमा एकिकृत समाजवादीबाट कृष्णकला पाण्डेको उम्मेद्धारी रहेको छ । सान्नित्रिवेणि गाउँ पालिकामा नेकपा माओवादीका तर्फबाट डम्बर शाही र उपाध्यक्षमा विन्दा सुवेदीको उम्मेद्धारी रहेको छ ।

त्यसै गरी रास्कोट नगरपालिकामा माओवादी केन्द्रका धर्मराज शाही प्रमुखका उम्मेद्धार रहेका छन भने उपप्रमुखमा एकिकृत समाजवादीका मनिराज बराल रहेका छन । शुभकालिका गाउँ पालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्धार गोबिन्द्र आचार्य र उपाध्यक्षमा नेपालि कांग्रेसबाट धर्मा शाही रहेको बताइएको छ । जिल्लाको महाबै गाउँ पालिका भने गठबन्धन दल भन्दा बाहिर माओवादी र एमालेको गठबन्धन भएको छ । महाबै गाउँ पालिकामा माओवादी केन्द्रका खेम बहादुर सिंह अध्यक्षका उम्मेद्धार रहेका छन भने एमालेबाट दानसिंह सेजुवालको उपाध्यक्षमा उम्मेद्धारी रहेको बताइएको छ । जिल्लाका अन्य पालिकाहरु पचालझरना,पलांता र सान्नित्रिवेणि गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र) एकल चुनावि मैदानमा रहेको छ ।

पचालझरना गाउँ पालिकामा अध्यक्षमा देवराज शाही(अग्नि)उपाध्यक्षमा अल्किना बम(बविता) रहेका छन भने पलांता गाउँ पालिकामा अध्यक्षमा विष्णु रोका(इन्द्र) र उपाध्यक्षमा अलैपुरा हमाल रहेकी छन ।

उता तिलागुफा नगरपालिकामा दिनेश चंदारा(दिग्दर्शन) प्रमुख पदमा उम्मेद्धारी रहेको छ भने उपप्रमुखमा गिता वलि रहेको बताइएको छ । अन्य दलहरुमा तिलागुफा नगरपालिकामा प्रमुखमा नेपालि कांग्रेसका शंकर उपाध्यय र उपप्रमुखमा एमालेका तर्फबाट मेहन्द्र बहादुर शाहीको उम्मेद्धारी परेको छ ।

महाबैमा नेपालि कांग्रेस एकल चुनावि मैदामा रहेको छ भने तिलागुफा नगरपालिका सहित सान्नित्रिवेणि,नरहरिनाथ,रास्कोट,पलांता र पचालझरना गाउँ पालिकामा नेपालि कांग्रेसको एकल चुनावि मैदानमा होमिएको छ । नरहरिनाथ गाउँ पालिकामा नेकपा(एमाले)का टेक बहादुर बुढा र रास्कोट नगरपालिकामा दयाराम सिमखाडाको प्रमुख पदमा उम्मेद्धारी रहेको छ । खांडाचक्र नगरपालिकामा नेपालि कांग्रेस र नेकपा(एमाले) एकल चुनावि मैदानमा रहेको बताइएको छ ।शुभकालिका गाउँ पालिकामा एकिकृत समाजवादी र एमाले एकल मैदानमा रहेका छन । विशेष गरी नेकपा(माओवादी केन्द्र)ले जिल्लाका ७ वटा पालिकामा प्रमुख पदमा उम्मेद्धारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित