महिला र पुरुषको लागि अलगअलग क्वारेन्टाइन बनाउन निर्देशन

7
SHARES
15
VIEWS

काठमाडौं,असार । सरकारले महिला र पुरुषलाई राख्नका लागि अलगअलग क्वारेन्टाइनको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले १ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै एउटै क्वारेन्टिनमा महिला र पुरुष राख्दा बलात्कारको घटना समेत भएको र आगामी दिनमा पनि यस्ता जोखिमपूर्ण घटना हुन सक्ने भएकाले यस्तो निर्णय गरेको जनाएका छन् ।

महिलाहरू बस्ने क्वारेन्टाइनमा स्वयंसेवक एवं सुरक्षाका लागि खटिने प्रहरी पनि महिला नै हुनुपर्ने निर्णय मन्त्रालयले गरेको छ । क्वारेन्टाइनमा बस्ने महिनावारी हुने महिलाहरूका लागि सेनेटरी प्याडको व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

साथै महिलाको प्रजनन् अधिकार हनन् हुन नदिन क्वारेन्टाइन र आइसोलेसनमा गर्भवती तथा सुत्केरी भए विशिष्टिकृत सेवा प्रदान गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित