कालीकोट । खांडाचक्र नगरपालिकाकी एक वृद्धले जिल्ला अस्पताल कालीकोटबाट ह्विल चेयर पाएकी छन ।
जिल्ला अस्पताल कालीकोटमा उपचारका क्रममा पुगेकी खांडाचक्र नगरपालिका वडा नम्बर २ निवासि ४५ वर्षिय बेलु दमाईले आवत जावत गर्नका लागि सहज होस भनेर ह्विल चेयर पाएकी हुन ।
जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डाक्टर रत्नविर सुनारले बेलु दमाईलाई ह्विल चेयर हस्तान्तरण गर्नु भएको जनस्वस्थ्य अधिकृत कटक महतले बताउनु भएकोे छ ।
विगत नौ महिना देखि दुबै खुट्टा पक्षघातका कारण थला परेकी बेलुले ह्विल चेयर पाएपछि खुशि हुंदै जिल्ला अस्पताल परिवारलाई धन्यवाद दिनु भएको छ ।
Discussion about this post