कालीकोट । रास्कोट नगरपालिका ५का रत्मान रोकाया माथि भएको आक्रमण राजनैतिक नभई पारिवारिक विवाद भएको बताइएको छ ।
गएराति रास्कोट नगरपालिका ५ निवासि नेकपा(माओवादी केन्द्र)का वडा सदस्यका उम्मेद्धार रत्नमान रोकाया माथि गाँउमा आक्रमण भएको विषयमा नेपालि काग्रेसका नेता अनिपाल बमले रत्मान रोकायाको भाई र गणेश बम विच सामान्य विवाद भएको र सोही विषयमा हल गर्न जांदा रत्मान रोकायालाई चोट लागेको बताएका छन ।
बमका अनुसार गाउँ घरको आफन्तहरु विचमा भएको झगडा सामान्य भएको र एक आपसमा मिलेर समाधान भएको समेत बताएका छन ।यस अघि कर्नालि संचारमा कांगेस कार्यक्रता द्धारा माओवादी उम्मेद्धार माथि आक्रमण भएको भन्ने विषयमा खण्डन गर्दै झगडामा दुबै तर्फ घाईते रहेको बताइएको छ ।
अर्का नेता महेश बमले समेत उक्त घटना सामान्य भएको बताउदै नितान्तै पारिवारिक भएको बताएका छन ।
Discussion about this post