पचालझरनालाइ आत्मनिर्भर बनाउने बजेट ल्याउछौ — अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालिकोट,असार । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आगमी बजेट आत्मनिर्भर हुने  बताउनु भयको छ ।

गाउँ पालिकामा भित्रियका सम्पुर्ण युबालाई रोजगारी ग्यारेन्टी गर्ने गरि  योजना तय हुने  छ । आज पचालझरना गाउँ पालिकामा संचालन भयको अन्तरक्रिया कार्यक्रमा आयका सुझाब माथी छलफल गर्दै एक गाउँ एक उत्पादनमा मुखी कार्यक्रम,युबाहरुलाइ स्वरोजगार बनाउन युबा श्रम केन्द्र मार्फत बिकास निर्माणका कामलाई जोड दिने बताउनु भयको छ।

अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का गाउँ पालिका अध्यक्ष पौरख बिक ,नेपाली काङ्ग्रेस का गाउँ पालिका सभापति प्रजापति सन्ज्याल,नेमकिपाका मिम बहादुर बम लगायतका प्रमुख प्रतिनिधिहरुले गाउँ पालिकालाइ आत्मनिर्भर बनाउदै समृद्धिमा विशेष प्राथमिकतामा राखेर बजेट ल्याउन अनुरोध गरेका छ्न ।

आगामी वर्षको नीति तथा कार्यक्रममा पचालझरना हुँदै नाग्म सडक खण्ड, सिकु हुँदै जिमजेडी सडक लगायतको योजनामा जोड दिने र अहिलेका सडक स्तरन्नोतिमा प्राथमिकिकरण गरिने वहाँले बताउनु भयको छ। गाउँ पालिकाको केन्द बिन्दु रहेको पनेक्षामा भ्यु टावर स्थापना गर्ने, सहिद पार्कलाइ ब्यबस्थित गर्ने, पणेक्षामा भवन निर्माण गरि असोज सम्म गाउँ पालिकाका कामकारबाही अगाडि बढाउने,यातायात सेवा संचालन गर्ने,भारपाटालाइ ठुलो कृषी फर्मको बिकास गर्ने,शिक्षाको बारेमा केही महत्त्वपूर्ण नीति तथा कार्यक्रम बनायर अगाडि बढ्ने,स्वास्थ्य क्षेत्रमा नमुना काम गर्ने,पर्यट्किय क्षेत्रको प्रबर्द्धन र बिकासलाइ पहिलो प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरामा जोड दिनु भयको छ ।

अहिले सम्म गाउँ पालिकामा जति काम गरेपनि आलोचना र सुझावलाई मध्ये नजर गर्दै प्रकृति सङ्ग भिड्दै आयौ ।अब अहिलेको सबैले साथ दियको र आगामी दिनमा सहयोग गर्न गाउँ पालिका अध्यक्ष सेजुवालले आग्रह गर्नु भयको छ । पचालझरना गाउँ पालिकाको सातौं गाउँ सभा असार ८ गते हुँदै छ ।

कार्यक्रममा पालिकाका राजनैतिक दल, समाजसेवी,बुद्धिजीवी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष गाउँ सभा अगाडि राजनैतिक दलहरु बाट सुझाब लिदै आयको पचालझराना गाउँ पालिकाले यस वर्ष पनि सुझाब लियको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित