प्रचण्डलाई भेट्ने धोका पूरा भयो पचालझरनाका जेष्ठ नागरिक

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका जेष्ठ नागरिकले जनयुद्धका नायक तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्ने धोका पूरा भएको बताएका छ्न । नेकपा(माओवादी केन्द्र)पचालझरनाले आयोजना गरेको जनसभामा सम्बोधन गर्न आइपुगेका अध्यक्ष प्रचण्डलाई भेटेर सो कुरा बताएका छ्न । पचालझरना गाउँ पालिकाको लाफाका आदि न्यौपानेले आफू कांग्रेसमा आबद्ध भएपनी प्रचण्डलाई भेटेर आफू खुशी भएको बताए । उनी संगै एकीकृत समाजवादीका जस बहादुर शाहीले पनि आफू कम्युनिस्ट भएपनी माओवादी केन्द्रका अध्यक्ष जस्तो नेतालाइ भेट्नुले खुशी भएको बताए । आफुले उमेरले ७५ वर्ष नाघेको भएपनी अन्तमा बुढेसकालमा माओवादी भएको बताए ।पचालझरनामा अध्यक्ष प्रचण्डले गरेको कुराले पचालझरनाको संरक्षणका लागि आफुले निरन्तर साथ रहने बताएका थिए ।जिल्लाका चार ठाउँ रास्कोट,पलाता,पचालझरना र पिलिमा सम्बोधन गरेर प्रचण्ड कैलाली प्रस्थान गर्नु भएको नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित