जिल्लाभर पचालझरना र पलाता माओवादी एकल चुनावी मैदानमा

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनमा जिल्लाभर गठबन्धन भएपनी माओवादी केन्द्र तिलागुफा नगरपालिका,पचालझरना र पलातामा एकल चुनावी मैदानमा भिडेको छ ।
कालीकोट जिल्लामा कतै एमाले र कांग्रेस त कतै माओवादी केन्द्र र एमालेको समिकरण भएर चुनावी मैदानमा भिडेको छ । तर जिल्लाका तिलागुफा नगरपालिका,पचालझरना र पलाता गाउँ पालिका माओवादी केन्द्रले एकल उम्मेदवार दिएर चुनावी मैदानमा भिडेको छ ।
पचालझरनामा नेपाली कांग्रेस र एमालेको गठबन्धन भएको छ भने माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा देबराज शाही र उपाध्यक्षमा अल्किना बमले उम्मेदवार दिएकी छन । उता पलाता गाउँ पालिका एमाले,नेपालि कांग्रेस र माओवादी केन्द्र र राप्रपाले अलग अलग चुनावी मैदानमा भिडेका छ्न ।
पलातामा एमालेमा पुर्ब माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अनन्त बिक र माओवादी केन्द्रकै विद्यार्थी संगठनका केन्द्रिय सदस्य जलसा बुढा उपाध्यक्षमा उम्मेदवारी रहेको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा बिष्णु रोकाया र उपाध्यक्षमा अलैपुरा हमाल रहेकी छ्न भने पलातामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा केशरसिंह बम र उपाध्यक्षमा दिलु बमले उम्मेदवारी दिएकी छ्न ।तिलागुफा नगर पालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा दिनेश चदारा र उपाध्यक्षमा गिता थापाको उम्मेदवारी रहेको छ । नेपाली कांग्रेस  र एमालेको गठबन्धन भएको छ ।प्रमुखमा नेपाली कांग्रेसका शंकर उपाध्याय र उपप्रमुख एमालेका महेन्द्र बहादुर शाही रहेको बताइएको छ ।नेमकिपाले पुर्ब सांसद नवराज कोइराला प्रमुखमा उम्मेदवारी उठाएको छ ।
त्यसै गरेर कालीकोट जिल्लामा शुभकालीका गाउँ पालिकामा माओवादी केन्द्र र कांग्रेसको समीकरण भएर चुनावी मैदानमा उत्रिएका छ्न । जस अन्तरगत माओवादी केन्द्रका तर्फबाट गाउँ पालिका अध्यक्षका उम्मेदवार गोबिन्द्र चौलागाईं र उपाध्यक्षमा नेपाली कांग्रेसका धर्मा शाही रहेकी छ्न ।
नरहरिनाथा गाउँ पालिकामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष धिर बहादुर बिष्ट र उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट कमल शाहको उम्मेदवारी रहेको छ । बिप्लव नेकपाले केन्द्रिय नेता एअटा बिसिलाइ उम्मेदवारी बनाएको छ ।सान्नित्रीबेणी गाउँ पालिकामा माओवादी केन्द्र एकल चुनाबी मैदानमा रहेको छ भने माओवादी केन्द्रका बागी रहेका स्वतन्त्र तर्फबाट अध्यक्ष मोहन केसि र उपाध्यक्षमा एकीकृत समजावादी कृष्णकला पाण्डे रहेकी छ्न ।
त्यसै गरेर रास्कोट नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा धर्मराज शाही र उपप्रमुखमा एकीकृत समाजवादीका मनिराज बराल रहेका छ्न भने एमाले र कांग्रेसले एकल चुनाबी मैदानमा रहेका छ्न ।बिप्लव नेकपाले पुर्ब सांसद धिरिन्द्रा उपाध्यायलाइ नगर प्रमुख र छाया सुनारालाइ उपप्रमुखमा उम्मेदवारी दिएको छ ।खाडाचक्र नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट कमल शाही नगर प्रमुख र माओवादी केन्द्रका तर्फबाट गणेश बहादुर शाही उपप्रमुख रहेका छ्न ।
खाडाचक्र नगरपालिकामा एमाले र कांग्रेसका तर्फबाट एकल चुनाबि मैदानमा रहेको बताइएको छ ।कांग्रेसका तर्फबाट प्रमुखमा तारा शाह उपप्रमुख नेत्र शाही रहेका छ्न भने एमालेबाट पुर्ब प्रमुख जसि पाण्डे र उपप्रमुखमा मिना शाही रहेकी छ्न । जिल्लाको महाबै गाउँ पालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार खेम बहादुर सिंह र उपाध्यक्षमा एमालेका दानसिंह सेजुवाल रहेको बताइएको छ ।महाबैमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ भने शुभकालिकामा एमाले र एकीकृत समाजवादीले एकल मैदानमा रहेका छ्न । एकीकृत समाजवादीका तर्फबाट अध्यक्षमा पुस्पराज आचार्य र उपाध्यक्षमा पम्फा शाहीको उम्मेदवारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित