कालीकोटका रास्कोट र पचालझरनामा मतदान हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका २ स्थानिय तहमा विवाद पछि रद्द भएको मतदान प्रक्रिया शुरु भएको छ । रास्कोट नगरपालिका वडा न.४ माथि स्युना र पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दुमा पुन मतदान प्रक्रिया शुरु भएको छ । दुबै स्थानमा कडा सुरक्षाका विच मतदान प्रक्रिया शुरु भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न. ३मा नेपालि कांग्रेसको विरोधका कारण झडप भएपछि मतदान रोकिएको थियो । उक्त झडपमा माओवादी समर्थक अभिसेक कठायत घाईते भएका थिए । रास्कोट नगरपालिका ४मा फर्जि मतदानका कारण निर्वाचन रोकिएको थियो ।

जिल्लाका शुभकालिका,तिलागुफा,खांडाचक्र,सान्नित्रिवेणि र पलातामा मतगणना प्रक्रिया शुरु भएको छ । अन्य स्थानिय तहहरु रास्कोट,पचालझरना र महाबैमा मतगणना हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित