नेकपा(माओवादी केन्द्र) कालीकोट द्धारा दुख व्यक्त

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनमा भाग लिएर विरामीका कारण मृत्यु भएका दुइृ जना प्रति नेकपा(माओवादी केन्द्र) कालीकोटले शोक बक्तव्य मार्फत दुख व्यक्त गरेको छ । जिल्लाको पलांता गाउँ पालिका वडा न.४ निवासि माओवादी केन्द्रका नेता तथा पत्रकार तिलक बुढाका बुवा विस बुढा र खांडाचक्र नगरपालिका ४ निवासि नयाँराम आचार्यको असामयिक निधन प्रति दुख व्यक्त गरेको छ । पलांता ४ निवासि बुढाको बैशाख ३१ गते निधन भएको थियो

२०७९को निर्वाचनमा पलांता ४ बाट निर्वाचित भएका छन । छोराको विजय भएको खवर सुन्न नपाउदै निधन भएको बताइएको छ ।खांडाचक्र न.पा.४ निवासि नयाँराम आचार्यको बैशाख ३० गते मतदान गरेर घर फर्किने क्रममा मृत्यु भएको बताइएको छ । उक्त दुखत घटनाले पार्टीलाई अपुरणिय क्षति पुगाएको उल्लेख गर्दै नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति कालीकोटका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र) द्धारा हस्ताक्षरित शोक वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित