कालीकोट । पंचायत काल देखि लगातार नेतृत्व गर्दै आएको साविकको बदालकोटको सिकुमा ४१ वर्ष पछि दलितको छोराले राजनैतिक नेतृत्व लिन सफल भएको छ ।
पचालझरना गाउँ पालिका वडा न.१ सिकु निवासि धनमल लुवारका छोरा विर्खे लुवारले २०७४ सालको निर्वाचनमा पराजय भोगे पनि यस वर्ष भने २१४ मतका साथ नेपालि कांग्रेसका देविराज बोगटीलाई पराजय गर्दै विजयी भएका हुन । उनि संगै अन्य ४ जना सदस्यहरु समेत माओवादी केन्द्रको नेतृत्वमा निर्वानिचत भए संगै जनतामा माओवादीका कारण दलितहरु सत्ताको नेतृत्व गर्न सफल भएको बताएका छन ।
पचालझरना १ निवासि दलसिंह शार्कीले उहिले् देखि अहिले सम्म आफुहरुले अरुलाई भोट हालेको र यस पटक आफुहरुलाई भोट दिन आग्रह गर्दै सामुहिक रुपमा भोट मागेको बताएका छन ।विजयी विर्खे लुवारका बुवा धनमल हुंदै बाजे धनजिते लुवारले आंसि बाउसा कार्ने काम गर्दै आएका थिए ।लामो समय सम्म साविकको बदालकोट गाविसमा वडा न.४बाट पंचायतकालमा धर्मे न्यौपाने प्रधानपंच देखि बुहदल आइसकेपछि लगातार दुई पटक मुक्ति प्रसाद न्यौपाने गाविस अध्यक्ष भएको र लोकतन्त्र स्थापना पछि पनि २०७४ सालको स्थानिय तहको निर्वाचनमा रत्नलाल न्यौपाने वडा अध्यक्ष विजेता भएका थिए ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पचालझरना गाउँ पालिका उपाध्यक्षको जिम्मेवारी लिन तारा न्यौपाने(खड्का) सफल भएको र यस पटक पचालझरनाको सिकुमा सामान्य परिवारमा जन्मिएका विर्खे शार्किले नेतृत्व लिएपछि सत्ता भन्दा बाहिर रहेकाहरुले राजनैतिकको अर्थ नथापाएको व्यक्ति जिताएको भन्दै हेप्न थालेका छन । विजयि भएपछि विर्खे लुवारले आफु जनताको पक्षमा काम गर्ने र व्यवहारबाट राजनैतिक सिकाउने बताएका छन ।
पचालझरना गाउँ कमिटि सदस्य तथा वडा न.१ सिकुका इन्चार्ज ऐन बहादुर खड्काले अव विगतमा सत्ताको नेतृत्व लिदै आएकाहरुले सत्ताको नजिक आउन नसक्ने बताएका छन ।पचालझरना गाउँ पालिकाको वडा न.१ सिकुमा माझगाउँ देखि कांडागाउँ सम्म विजय र्यालि शुरु गरिएको छ ।
Discussion about this post