Skip

News Portal

  • हामी माथि कार्वाही गर्ने व्यक्तिलाई कार्वाही भएपछि माओवादीमा फर्किन सकिन्छ-सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष केसी

    कर्नालीसंचार संवाददाता६ जेष्ठ
    ११९९ पटक
    ६ जेष्ठ

    देशभर स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । सरकारमा सहभागि ५ राजनैतिक दलहरुले गठबन्धन गर्ने सहमति भएपनि स्थानिय स्तरमा दलका नेताहरुले आ आफ्नै तरिकाले अघि बढेका छन । सोही सिल सिलामा कालीकोट जिल्लामा भागबण्डा भएका पालिकामा गठबन्धन नभई फरक दल र पाएक पर्ने दलहरु संगको गठबन्धन भएर चुनावि मैदानमा भिडेका दलहरुले पचालझरना गाउँ पालिका र पलांता गाउँ पालिका बाहेक अन्इ पालिकामा भने गठबन्धन दलहरुका नेताहरु विजयी भएका छन ।गठबन्धन दलहरुका विरुद्धमा मात्र नभई आफ्नै पार्टीका विरुद्ध बागि उम्मेद्धार दिएका सान्नित्रिवेणि गाउँ पालिकाका नेकपा(माओवादी केन्द्र)गाउँ कमिटि अध्यक्ष मोहन बहादुर केसी(महेश)ले १८२२ मत ल्याएर विजयी भएका छन । उनलाई माउ पार्टीको स्थानिय कमिटीले समेत साधारण सदस्य नरहने गरी गरी कार्वाही गरेको थियो । सो विषयका साथै सान्नित्रिवेणि गाउँ पालिकामा विजयी भएपछि के के काम नमुना गर्नु हुन्छ भनेर कर्नालि संचारका सम्पादक रुपेन्द्र ऐडीले लिएको संक्षिप्त अन्तरवार्ता :
    विजयी हुनु भएकोमा हजुर(महेश केसी)लाई बधाई छ ।
    -हजुरलाई धन्यवाद
    तपाई स्वतन्त्र उम्मेद्धार भएर जनतामा जांदा मत माग्ने बेला कत्तिको (कन्फिडेन्स)ढुक्क हुनुहुन्थ्यो ?
    -हो म सान्नित्रिवेणि गाउँ पालिकाका मान्यजन समुदायहरु कहाँ गएर मत माग्दा जनताको उत्साह र यस अघि गरिएका क्रियाकलापहरुका कारण मलाई निकै नै समर्थन पाएको थिए । म रकु देखि मुम्रा पुग्दा जनताका साथ समर्थन पाएकोले जसरी पनि चुनाव जित्नेमा ढुक्क थिए । अहिले परिणाम पनि त्यहि किसिमको आएको छ । जनता न्यायका प्रतिमुर्ति हुन भन्ने कुरा घाम झै छर्लंग भएको छ । मलाई यहाँ सम्म पुग्न अमुल्य मतदान गर्नै सान्नित्रिवेणि बासिलाई ह्दय देखि आभार सहित धन्यवाद दिन चाहान्छु
    अब तपाईको पार्टीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । विजयी भइसके पछि पार्टीमा फर्किनु हुन्छ की नाई ?
    -हो मैले यहाँका जनताको प्रतिक्रिया बुझेर अघि बढेको मान्छे हुं । जनतामा जनमत कस्को छ कसरी चुनाव जितिन्छ र साथ कस्को छ भन्ने कुरा मैले बुझेको र पार्टीले पनि त्यहि किसिमको बुझेको होला भन्ने लागेको हो । तर नेताहरुलाई प्रभावित पारेर टिकट खोसेर ल्याउने काम भयो ।


    मैले टिकट नपाएपछि यहाँका समुदायहरुको पाएको माया ममताले मैले स्वतन्त्र उम्मेद्धारी दिए ।चुनावि मैदानमा भिडेपछि मलाई जिल्ला र प्रदेशले भन्दा पनि गाउँ कमिटीका उपाध्यक्षले कार्वाही गरेको सर्कुलर समाजिक संजालबाट पाएको थिए । त्यस पछि मैले पार्टी जिल्ला र प्रदेशमा सोही अनुसार जाहेरी दिर्एका छौं । पार्टी निर्वाचन पछि कार्वाही गरेको भएपनि केही नहुने कुरा हो । चुनावि मैदामा म लगाएत गाउँ कमिटि इन्चार्जलाई समेतलाई अनाबश्यक कार्वाही गरिएको छ । उक्त कार्वाही गर्ने जिम्मेवारी कमरेडलाई कार्वाही भएपछि पार्टीमा फर्किने निणर्य लिन सकिन्छ ।


    त्यसमा मेरो आपत्ति हो । मैले टिकट नपाएपछि यहाँका समुदायहरुको पाएको माया ममताले मैले स्वतन्त्र उम्मेद्धारी दिए ।चुनावि मैदानमा भिडेपछि मलाई जिल्ला र प्रदेशले भन्दा पनि गाउँ कमिटीका उपाध्यक्षले कार्वाही गरेको सर्कुलर समाजिक संजालबाट पाएको थिए । त्यस पछि मैले पार्टी जिल्ला र प्रदेशमा सोही अनुसार जाहेरी दिर्एका छौं । पार्टी निर्वाचन पछि कार्वाही गरेको भएपनि केही नहुने कुरा हो । चुनावि मैदामा म लगाएत गाउँ कमिटि इन्चार्जलाई समेतलाई अनाबश्यक कार्वाही गरिएको छ । उक्त कार्वाही गर्ने जिम्मेवारी कमरेडलाई कार्वाही भएपछि पार्टीमा फर्किने निणर्य लिन सकिन्छ । त्यति बेला सम्म म स्वतन्त्र भएर अघि बढ्ने हो । जिल्लाका नेतृत्व कमरेडहरुले मलाई पार्टीमा फर्किन अनुरोध गर्नु भएको छ । मैले गरेको निवेदन अनुसार म लगाएत जिम्मेवार कमरेडहरुलाई कार्वाही गर्ने व्यक्तिलाई कार्वाही गर्ने पर्छ हुनु पनि पर्छ भन्ने हो ।
    तपाईले एकिकृत समाजवादी संग गठबन्धन गर्नु भएको थियो ? वहाँले गठबन्धन भित्र घात भयो भन्ने आरोप छ नि ?
    -होइन त्यो आरोप मिथ्य आरोप हो । हामीले गठबन्धन गरेको ठिक हो । सोही अनुसार हामी वडा न.१ देखि ९ सम्म संग संगै प्रचार प्रसारमा लागि परेको थियौं । हामीले कसै संग कुनै गोप्य सहमति र सम्झौता गरेका थिएनौं र त्यो हुन पनि सक्दैन ।कुरा के मात्रै हो भने मतदाताहरुले मलाई अध्यक्षमा दिन्छौं र अरु पदमा आ आफ्नै पार्टीलाई दिन्छौ भनेका थिए ।


    जनताको सुझाव सल्लाह अनुसार अघि बढ्ने गरेर विज्ञहरुको राय लिएर जाने सोचेको छु । म यस पछि जनताको घरदैलोमा गएर के के हो हाम्रो आवश्यक्ता सोही अनुसार गर्ने तयारीमा छु ।


    त्यो कुरा मतदाताको राइटको कुरा भयो ।मैले छुट्टै केही गर्ने कुरा पनि हुंदैन र गर्ने पक्षमा पनि थिएन ।जनताहरुले दिएको मतदानले हामी अघि बढेका हौं । त्यसमा गठबन्धन दलका मित्रहरु विश्वस्त हुनुहुन्छ भन्ने हो ।
    अब तपाई विजयी भइसके पछि सान्नित्रिवेणि गाउँ पालिकामा के के नमुना काम गर्नु हुन्छ र विगतको भन्दा फरक पहिचान के दिने योजना छ ?
    -हो मैले सान्नित्रिवेणी गाउँ पालिकाको सम्बृद्धिका लागि घोषणा पत्र अघि सारेको छु ।सोही अनुसार अघि बढ्ने हो ।सोही अनुसार ५ वर्षको माष्टर प्लान बनाउने योजना छ । जुन योजना जनताको सुझाव सल्लाह अनुसार अघि बढ्ने गरेर विज्ञहरुको राय लिएर जाने सोचेको छु । म यस पछि जनताको घरदैलोमा गएर के के हो हाम्रो आवश्यक्ता सोही अनुसार गर्ने तयारीमा छु । जे होस विगतको भन्दा फरक पहिचान दिने गरेर अघि बढ्ने हो । मैले सबैको राय सल्लाह अनुसार पालिका अघि बढाउने हो । विगतका अध्यक्ष तथा जनप्रतिनिधिहरुले समेत साथ दिनु हुने छ भन्ने ढुक्क छु ।
    अन्तमा के भन्नु हुन्छ ?
    मलाई अत्याधिक मतदान गरेर विजयी बनाउनु भएकोमा म आभारी छ । तपाईको मत खेर जांदैन ।सान्नित्रिवेणि बासिको इच्छा आकांक्षा अनुसार अघि बढ्ने छ । सान्नित्रिवेणिको सम्बृद्धि नै तपाईहरुको सम्बद्धि हो । सान्नित्रिवेणि सम्बृद्धिका लागि निरन्तर जनताको साथमा रहने वाचा गर्छु । धन्यवाद।।।

    प्रतिकृया दिनुहोस्