कालीकोट जिल्लाका ९ वटै पालिका प्रमुखमा दलित,महिलाको सहभागिता न्युन

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनमा दलित महिलाको अनिवार्य कोटा बाहेक अन्य पदहरुमा सहभागिता न्युन देखिएको छ । कालीकोट जिल्लामा दुई गाउँ पालिका र एक पालिकामा मुख्यदलका प्रमुख पदमा उम्मेद्धारी भएपनि विजयी हुन भने सकेनन ।नेकपा(एमाले)बाट सान्नित्रिवेणि गाउँ पालिकामा व्यासि तिरुवा अध्यक्ष पदमा भिडेका थिए भने पलांता गाउँ पालिकामा अनन्त विक रहेका थिए ।

त्यसै गरी तिलागुफा नगरपालिकाको प्रुमख पदमा माओवादीका दिनेश चंदारा थिए । ति सबै उम्मेद्धारले जित हांसिल गर्न सकेनन । सान्नित्रिवेणि गाउँ पालिकामा स्वतन्त्र उम्मेद्धार मोहन केसी विजयी भएका छन भने पलांता गाउँ पालिकामा माओवादी केन्द्रका विष्णु रोकायाले जित हात पारेका छन ।

तिलागुफा नगरपालिकामा नेपालि कांग्रेसका शंकर उपाध्यय विजयी भएका छन । त्यसै गरी महिला प्रमुख वा उपप्रमुखमा अनिवार्य भने पनि विभिन्न दलबाट पलांता र पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित भएका छन भने सान्नित्रिवेणि गाउँ पालिका,शुभकालिका गाउँ पालिका बाहेक अन्य स्थानिय तहमा प्रुमख र उपप्रमुखमा पुरुषहरु विजयी भएका छन ।

गठबन्धन दलका कारण महिला अनिवार्य हट्ने प्रावधान भएका कारण महिलाहरु ओझेलमा परेको बताइएको छ ।
गएको वर्ष जिल्लाका तिलागुफा,खांडाचक्र र रास्कोटका प्रमुखमा पुरुष र उपप्रमुखमा महिलाको सहभागिता रहेको थियो भने गाउँ पालिकाहरु मध्ये नरहरिनाथ,पलांता, पचालझरना,सान्नित्रिवेणि गाउँ पालिकामा प्रमुख र उपप्रमुखमा महिलाहरुको सहभागिता रहेको थियो भने गठबन्धनका कारण महावै गाउँ पालिकामा प्रमुख र उपप्रमुखमा पुरुष मात्र भएको थियो । यस वर्ष भने त्यो संख्या घटेर ४ गाउँ पालिकामा मात्र महिलाहरुको उपप्रमुखमा बाहुल्यता रहेको छ ।

संविधानले दिएको अधिकारका बारेमा समेत संकुचित हुनु पुरुषवादी चिन्तन भएको जानकारहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित