कालीकोट । शुभकालिका गाउँ पालिका अध्यक्ष एवंम माओवादी नेता गोविन्द्र आचार्यले आफुले पालिका अध्यक्ष विजयी भइसके पछि पहिलो महिनाको पाउने पारिश्रमिक कैदिबन्दिलाई दिने घोषणा गरेका छन ।
उनले आज विहान जिल्ला कारागारमा पुगेर कैदिबन्दिलाई भेट्दै सो घोषणा गरेका हुन । शुभकालिका गाउँ पालिका अध्यक्षमा विजयी भएपछि आफुले चढ्ने बलेरो गाडीमा सुत्केरीको उद्धार गरे संगै पुन आफुले पाउने पारिश्रमिक कैदी बन्दिलाई दिने घोषण गरेका हुन ।
शुभकालिका गाउँ पालिकामा गठबन्धन दलका तर्फबाट पालिका अध्यक्षमा आचार्य र उपाध्यक्षमा धर्मा शाही विजयी भएका हुन ।
Discussion about this post