रास्कोट ५का वडा अध्यक्ष मन तिरुवाले गरे पूर्व जनप्रतिनिधिलाई लोहोटा दिएर विदाई

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको चर्चामा रहेको वडा न.५बाट चर्चामै विजयी भएका वडा अध्यक्ष मन तिरुवाले पुर्व जनप्रतिनिधिलाई मायाको चिनो लोहोटा(कुहुंडी) दिएर विदाई गरेका छन । पदभारग्रहण संगै वडा अध्यक्ष मन तिरुवाले विदाई गरेका हुन ।

उनले वडा न.५का वडा जनप्रतिनिधिहरुलाई एक एक लोहोटा दिएर विदाई गरेका हुन । रास्कोट नगरपालिका वडा न.५का वडा अध्यक्षले रचनात्मक तरिकाबाट विदाई गरेका हुन । पांच वर्ष कार्यकालमा राम्रो नराम्रो काम जे जस्तो गरेको भएपनि जानेबेलामा स्मरणमा रहने गरी आफुले वडाबाट पूर्व जनप्रतिनिधिलाई विदाई गरेको बताएका छन ।

वडा कार्यालयमा उपस्थित समुदायहरुको उपस्थितिमा गरिएको पदभार ग्रहण कार्यक्रममा पूर्व जनप्रतिनिधिले कार्यकाल सफलताको शुभकामना दिएका छन ।

स्थानिय तहको निर्वाचन २०७४मा वडा न. ५बाट तिन मतले पराजित भएका वर्तमान वडा अध्यक्ष मन तिरुवा रास्कोट नगरपालिकाको यस अघि कार्यपालिका सदस्य भएर नगरपालिका भित्रका अनुभवि सदस्यका रुपमा रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित