माओवादी केन्द्र कालीकोटले जिल्लाका ८२ वडामा स्थानीय चुनावको समिक्षा गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटले जिल्लाभर स्थानीय तह निर्वाचनको समीक्षा गर्ने भएको छ । जिल्ला कार्यालयको बैठकले वडा स्तरमा  जेष्ठ १६ देखि १८ गते र पालिका स्तरमा जेष्ठ २० देखि २२ गते भित्र समीक्षा गर्ने माओवादी केन्द्र जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं( शैलेन्द्र)ले बताउनु भएको छ ।मंगलबार कर्नाली प्रदेशका पुर्बमुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा बसेको बैठकले स्थानीय तहको निर्वाचन २०७९ मा मतदान गरेर माओवादी केन्द्रलाइ बिजयी गराउने मतदातालाइ धन्यवाद दिनुका साथै निर्वाचित जनप्रतिनिधिलाई बधाइ दिएको छ भने  वडा र पालिका स्तरमा समीक्षा गर्दै जिल्ला स्तरको समीक्षा जेष्ठ २४ र २५ गते मान्ममा गर्ने भएको संयोजक चौलागाइले बताउनु भएको छ ।नेकपा(माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचन २०७९ मा ६ पालिका प्रमुख र ४ उपप्रमुख र ८२ वडा मध्ये ४९ वडामा जित हांसिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित