कालीकोट । स्थानीय तहको निर्वाचन पछि कार्यपालिका सदस्यहरुको निर्वाचनमा रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा एकल प्यानल बिजयी भएका छ्न । पालिकामा निर्वाचित सदस्य तथा पदाधिकारीहरुले मतदान गरेर नगरपालिकामा ८ जना र गाउँ पालिकामा ६ जना छनोट गर्नु पर्ने प्राबधान अनुसार बिहीबार भएको निर्वाचनमा रास्कोट नगरपालिकामा ८ जना माओवादी केन्द्रका बिजयी भएका छ्न । रास्कोटमा समाजवादी र नेपाली कांग्रेसले एक एक वडा जितेका हुन । त्यसै गरी पचालझरना गाउँ पालिकामा एक वडामा वडा अध्यक्ष सहित दुई सदस्य र समाजवादीले एक सदस्य जितेको भएपनी माओवादी केन्द्रका तर्फबाट ६ जना निर्बिरोध निर्वाचित भएका छ्न जिल्लाका पलाता गाउँ पालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस संग गठबन्धन भएको छ भने तिलागुफा नगरपालिकामा माओवादी र नेमकिपा संग गठबन्धन भएको माओवादी नेताले बताएका छ्न । त्यसै गरी सान्नित्रीबेणी गाउँ पालिकमा एमाले र नेपाली कांग्रेस बिच गठबन्धन भएको छ ।खांडाचक्र नगरपालिकामा एमाले,नेपाली कांग्रेस र समाजवादीले गठबन्धन गरेका छ्न ।अन्य पालिकामा पनि विभिन्न दल संग गठबन्धन भएको बताएको छ ।
Discussion about this post