कालीकोट । पलांता सरकारले गाउँ पालिकाका शहिद,वेपत्ता घरपरिवार र घाईते अपांगहरुको निशुल्क स्वस्थ्य विमा गर्ने भएको छ । विजयी भएपछि पदाभार ग्रहण गर्दै पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायले पहिलो निणर्य गरेको रविन्द्र रोकायाले बताउनु भएको छ ।
गाउँ पालिकामा रहेका जनयुद्धका शहिदका साथै वेपत्ता परिवारहरुको निशुल्क स्वस्थ्य विमा गर्ने निणर्य गरिएको गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले बताउनु भएको छ ।
त्यसका साथै गाउँ पालिका धौलागोहको राडुनेटाको दुरसंचारको टावर तत्काल संचालन गर्ने देखि विद्युत,सडक लगाएतका निणर्य गरिएको अध्यक्ष रोकायाले बताउनु भएको छ । पलांता गाउँ पालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु रोकाया र उपाध्यक्षमा अलैपुरा जैसि विजयी भएका हुन ।
Discussion about this post