कालिकोट,असार ।जिल्लामा पछिल्लोपटक गरियको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
आइतबार कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा गरियको स्वास्थ्य परिक्षण मा सबै भन्दा बढी रास्कोट नगरपालिका का २१८ जना,तिलागुफा नगरपालिकाका ७० जना,खाडाचक्र नगरपालिका ९९ जना,नरहरिनाथ गाउँ पालिका ९ जना,शुभकालिका ५२ र सान्नित्रीबेनी गाउँ पालिकाका ३१ जना गरि ५७९ जनामा नेगेटिभ देखियको हो ।उनिहरुलाइ सोमबार घर पठाउन लागियको हो ।
यस अघि आरडिटी चेक गरि घर पठाइएका भयपनी पछिल्लो समय पिसिआर गरेर मात्र घर पठाउने गरेकोमा स्थानीयवासी ढुक्क हुन थालेका छ्न ।
कालिकोटमा कोरोना संक्रमण देखियका २८जना घर पठाइएकोछ भने हाल १६ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले जनायको छ ।
हाल जिल्लामा रहेका क्वारेन्टाइन बाट नागरिकहरु घर जानेको संख्या बढेको छ ।
Discussion about this post