रास्कोट सरकारको पहिलो बैठक सम्पन्न,खेलाडीलाई नगद पुरुस्कार सहित,प्रवक्तामा धामि नियुक्त

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट सरकारका प्रवक्तामा धनबहादुर धामिलाई नियुक्त गरेको छ । सरकारका काम कार्वाहीलाई सम्प्रेषण गर्नका लागि आइतवार बसेको कार्यपालिकाको पहिलो बैठकले नगर भित्रका विभिन्न विषगत समिति गठन गरेको छ ।

सो बैठकले धांधलि रहित निर्वाचन सम्पन्न गर्ने मतदान अधिकृतको कार्यालयको टोलिलाई धन्यवाद प्रदान गरेको छ भने गणतन्त्र दिवसको अवसरमा खेलाडी र प्रशिक्षकलाई ६० हजार नगद पुरुस्कार सहित सम्मानित गरेको छ ।

नगरपालिका भित्रका काम कार्वाहीलाई व्यवस्थित पार्नका लागि सबैले आ आफ्नो जिम्मेवार पुरा गर्न र आगामि एक वर्ष भित्र नगरको मुहार फेर्ने गरी काम गर्न आग्रह गर्दै नगर प्रमुख धर्मराज शाही पोषणले कार्यापालिका सदस्यहरुलाई आग्रह गर्नु भएको प्रवक्ता धनबहादुर धामिले बताएका छन । उनका अनुसार कार्यभार ग्रहण ताका गरिएका निणर्यहरुलाई पनि कार्यपालिका बैठकले अनुमोदन गरेको समेत बताएका छन ।

त्यसका साथै गणतन्त्र दिवसका अवसरमा रास्कोट नगरपालिकाको आरसिपि बजारमा सरसफाई गरिनुका साथै मुख्य ठाउँमा डस्विन राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित