कालीकोट । पटक पटक खानेपानिको अभाव र समस्या झेल्दै आएको मान्म सदरमुकामको समस्या हल हुने भएको छ । स्थानिय तहको निर्वाचनमा खांडाचक्र नगरपालिकाको वडा न.१बाट विजयी भएका धर्मराज ताम्राकार सहितको टोलि एक हप्ता देखि लगातार मर्मत सम्भारमा लागि परेका छन ।
ताम्राकार वडा अध्यक्ष भइसके पछि आफै खानेपानि मर्मत सम्भारमा लागेको देखेर नागरिकहरु खुशि भएका छन । यस अघि खानेपानिको हाहाकार हुंदा वडा कार्यालयमा खालि भांडा प्रदर्शन गरेका समुदायको पिडा बुझेर आफुले खानेपानि र फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन । उनले आउने दिनमा सदरमुकाम मान्म बजारमा खानेपानिको समस्या न्युनिकरणमा विशेष जोड दिने बताएका छन ।
करिव २० वर्ष अघि स्थापना भएको खानेपानि तथा उपभोक्ता समितिले अहिले सम्म साधारण सभा तथा सामाजिक लेखापरिक्षण नभएको र संस्थापक अध्यक्ष तथा यस अघिका वडा न.१का वडा अध्यक्ष गणेश बहादुर शाही रहेको बताइएको छ । यस सम्बन्धमा वडा अध्यक्ष धर्मराज ताम्राकारले हिसावकिताव देखि सम्पूर्ण कामको बारेमा प्रमुख जिल्ला अधिकारी सहित पूर्व वडा अध्यक्ष गणेश बहादुर शाही संग परामर्श गरेको बताएका छन ।
तस्विर धर्मराज ताम्राकारको फेसबुकबाट साभार
Discussion about this post