देशभर मनुसुन बदलि, सतर्कता अपनाउन आग्रह

7
SHARES
15
VIEWS

काठमाडौं,असार । मनसुनको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहका कारण नदी तथा खोलामा आकस्मिक बहाव आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षाका कारण देशभरिका नदी तथा खोलामा पानीको सतह पनि बढ्न थालेको छ । तर, सबै नदी तथा खोलामा पानीको सतह सतर्कता विन्दुभन्दा तलै छ । आकस्मिक बहावको जोखिम भने रहेको महाशाखाले जनाएको छ ।

आज बिहानको मापन अनुसार सप्तकोशी, बागमती, नारायणी, बबई, तिनाउ, कर्णाली र तिनका सहायक नदीमा बहाव बढ्दो क्रममा छ । कन्काई, कमला, पश्चिम राप्ती, महाकाली र तिनका सहायक नदीमा बहाव घट्लो क्रममा छ ।

आज बागमती, बबई, पश्चिम राप्ती र नारायणी तथा तिनका सहायक नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ । यी नदी आसपास क्षेत्रमा बसोबास गर्ने तथा तटीय सडकमा यात्रा गर्नेलाई सजकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का केही स्थानमा आज भारी वर्षाको सम्भावना भएको जनाएको छ। जसकारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने र पहिरो जाने संभावना छ । काठमाडौँ उपत्यकामा आज रातिदेखि नै वर्षा भइरहेको छ ।

अहिले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली र काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । त्यस्तै नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास क्षेत्रमा मध्यम तथा भारी वर्षा भईरहेको छ । ती जिल्ला भएर बहने खोलामा बहाव बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित