महाबैमा भिजनको चमत्कार,सपथ खाएको एक हप्तामै अबरुद्ध सडक …..

7
SHARES
15
VIEWS

कालीकोट ।महबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले सपथ खाए लगत्तै गाउँ पालिकामा कामको थालनी गर्न शुर गरेका छ्न । उनले पहिलो पटक गाउँ पालिकामा स्वास्थ्य बिमा निशुल्क गर्ने घोषणा गरे संगै इलाका प्रहरी कार्यलयको भवन मर्मतका साथै अर्को महत्त्वपूर्ण काम बर्षौं लगाएत बन्न नसकेको कतमपुर देखि पाददेखी सम्मको अबरुद्ध सडक खोल्ने काम शुरु गरेका छ्न ।स्थानीय सरकारले सपथ लिएको १ हप्ता नबित्दै १ बर्षबाट अबरुद्ध सडक खोले पछि महाबै बासिमा खुशियाली छाउन थालेको बताइएको छ । गाउँ पालिकाको बिकाशका लागि भिजन जस्तो नेताको खांचो पूरा भएको स्थानियले बताए ।  अब केही दिनमा महाबैका जनताको गाडि चड्ने सपना पुरा हुने गाउँ पालिका अध्यक्ष खेम बहादुर सिह(भिजन)ले  कर्नाली संचारलाइ जानकारी दिएका छन ।सिंहका अनुसार महाबै गाउँपालिका वडा नम्बर २ को गाडखेतमा झुलुङ्गेपुल देखि पन्च बर्षिय योजनामा उक्त पुल् बन्ने  निश्चित भएको बताए। पाँच बर्ष सम्म सो खोला बाट आवतजावत गर्न  असज भएको अवस्थामा नयाँ सरकार आएसंगै कामले निरन्तरता पाउन थालेकोमा आफुहरु खुशी र ढुक्क भएको महाबै २ का अध्यक्ष हर्क बहादुर सिंहले बताए ।उनका अनुसार अहिले स साना खोलामा पनि पुलको लागि काम शुरु भएको बताउनु भयो । यस अघि कांग्रेस एमालेको गठबन्धन मार्फत सरकार थियो भने अहिले माओवादी र एमाले गठबन्धनको सरकार रहेको छ । गाउँ पालिका अध्यक्षमा माओवादीका तर्फबाट खेम बहादुर सिंह र एमालेका तर्फबाट उपाध्यक्षमा दान बहादुर सिंह निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित