माओवादी केन्द्र कालीकोटले स्थानिय निर्वाचनको जिल्ला स्तरमा समिक्षा गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले स्थानिय तह निर्वाचन २०७९को समिक्षा गर्ने भएको छ । जिल्लाका ८२ वडा र ९ वटै पालिका स्तरमा समिक्षामा जुटेको नेकपा(माओवादी केन्द्र) कालीकोटले जिल्ला स्तरमा समिक्षा गर्ने भएको छ ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक लक्ष्मि प्रसाद चौलागाईका अनुसार जेष्ठ २२ र २३ गते जिल्ला स्तरमा समिक्षा गर्ने तयारी भएको बताउनु भएको छ ।

शुक्रवार जिल्ला सदरमुकाममा उपलब्ध केन्द्रिय सदस्य तथा कमाणड इन्चार्ज (पूर्व मुख्यमन्त्रि) मेहन्द्र बहादुर शाही,जिल्ला इन्चार्ज विष्णु विक सहितका नेताहरुको उपस्थितिमा जिल्ला स्तरमा समिक्षात्मक बैठक गर्न लागेको बताउनु भएको छ । वहाँका अनुसार स्थानिय तहको निर्वाचनमा जिल्लाका विभिन्न ठाउँमा भएको निर्वाचनमा पार्टीले हार बेहोर्नुको अवस्था र जिम्मेवारीका सवालमा समिक्षा हुने बताइएको छ ।

कालीकोट जिल्लामा माओवादी केन्द्रले ४९ वडा तथा एक नगर पालिका प्रमुख, एक उपप्रमुख र ३ वटा पालिकामा गठबन्धन र दुई पालिकामा एकल प्यानलमा विजयी भएको छ भने एक गाउँ पालिकामा माओवादी केन्द्रका तर्फबाट बागि उम्मेद्धार विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित