कालीकोट ।नेकपा(माओवादी केन्द्र)कालीकोटको समीक्षा बैठक शुरु भएको छ । स्थानीय तहको निर्वाचन पछि पहिलो पटक समीक्षा बैठक शुरु भएको हो । कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा शुरु भएको बैठकमा जिल्ला समन्वय समिती सदस्य,प्रदेश कमिटी सदस्यहरुको सहभागिता रहेको छ । विभिन्न गाउँ तथा नगर कमिटीका पदाधिकारीले स्थानीय तह निर्वाचनको समिक्षा सहित समसामयिक परिस्थिति र नेतृत्वलाई सुझाव सहितको रिपोर्ट राख्न शुरु भएको छ ।जिल्ला संयोजक लक्ष्मी चौलागाईं शैलेन्द्रको अध्यक्षता तथा जिल्ला सचीव देबराज शाहीको संचालनमा शुरु भएको छ ।
Discussion about this post