कालीकोट । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण)ले सत्ता संचालनमा पार्टीको निर्देशन अनुसार अघि बढनु पर्ने बताएका छ्न । नेकपा( माओवादी केन्द्र)को जिल्ला स्तरीय समिक्षात्मक बैठकमा रिपोर्ट प्रस्तुत गर्दै स्थानीय सरकार र पार्टी एकसाथ अघि बढ्नु पर्ने बताएका हुन । माओवादी केन्द्रले जितेका पालिकाहरुमा नमुना बनाउन पार्टीले निति विधि बनाएर अघि बढ्नु पर्नेमा जोड दिदै बिगतको सत्ता संचालनलाई टेकेर आगामि दिनमा झन शसक्त हुँदै उत्पादन मुखी कार्यक्रम गर्नु पर्ने सुझाव दिएका छ्न । रास्कोट नगरपालिका प्रमुखमा बिजयी भएपछि सबै पक्षहरुको सुझाव सल्लाह मार्फत अघि बढ्ने शाहीको भनाइ रहेको छ । माओवादी केन्द्रको जिल्ला स्तरीय समिक्षा कार्यक्रममा जिल्ला पार्टीले सत्ता संचालनका लागि निश्चित मापदण्ड बनाउन जरुरी रहेको अन्य नेता तथा कार्यक्रताले सुझाव दिएका छ्न ।
Discussion about this post