कालीकोट,असार । जिल्लाको नरहरिनाथ गाउँ पालिका वडा न. ७का वडा अध्यक्ष दल बहादुर विक माथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नरहरिनाथ गाउँ पालिकाले छानविन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नरहरिनाथ गाउँ पालिका अध्यक्ष टेक बहादुर बुढाका अनुसार शनिवार बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार नारायण भण्डारा संयोजक रहेको तिन सदस्य छानविन टोलि गठन गरेको बताउनु भएको छ । वहांका अनुसार छानविन समितिमा हिरामणि उपाध्याय र टेक बहादुर विष्ट रहेको बताइएको छ ।
यस एक स्थानिय महिला संग अनैतिक सम्बन्ध गर्दै गरेको अवस्थामा रंगे हात भेटिएको भनिएका उनि पटक पटक सांस्कृतिक रुपमा विवादमा परेको बताइएको छ । सामाजिक संजालमा आए अनुसारको के केति हो त्यस बारेमा छानविन पछि प्रतिवेदनका आधारमा पार्टी संगठनले कार्वाहीको लागि अगाडी बढाउने अध्यक्ष बुढाले बताउनु भएको छ । वडा अध्यक्ष दल बहादुर बि क (प्रकाश) नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सदस्य समेत हुन ।
Discussion about this post