कालीकोट । नेकपा(माओवादी केन्द्र)बाट बागी(स्वतन्त्र)उम्मेदवार भइ जित हांसिल गरेका सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष मोहन बहादुर केसिले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टिकट बितरणमा गलत ट्रेनका विरुद्ध बिद्रोह भएको बताएका छन । स्थानीय तह निर्वाचन केन्द्रित हुँदै आयोजना गरिएको जिल्ला स्तरीय समिक्षात्मक बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष केसिले गाउँ पालिकामा पार्टी नीति बिधि विरुद्ध मनपरी भएको र आफू नै हौं अरु कोहि केही हैनन भन्ने अहंकार भएकै कारण जनताले त्यो अहंकार अन्त्य भएको दाबी गरेका छ्न ।सान्नित्रीबेणी गाउँ पालिकामा आफुलाइ तल्लो कमिटीले कार्बाही गरेको प्रती इंगित गर्दै कुन पद्वतीबाट भएको आफू स्पष्ट हुन चाहेको बताए । म अहिले स्वतन्त्र भएर गाउँ पालिकाको नेतृत्व गर्छु । माओवादी हुने नहुने भन्ने कुरा माओवादी केन्द्रको नेतृत्वमा भर पर्ने बताए । आफुलाइ कार्बाही के कति कारणले भएको कस्ले गर्ने हो सोही अनुसार हुनु पर्ने हो ?यदि हैन भने उनिहरु माथी कार्बाही हुनु पर्ने अध्यक्ष कमरेड प्रचण्डलाई राखेको र अहिले पनि त्यो कुरा यथावत रहेको केसिको भनाइ रहेको छ । यदि कसै माथी केही हुने अवस्था हैन भने आफू स्वतन्त्र भएर अघि बढ्ने अध्यक्ष केसिको भनाइ रहेको छ । आउने दिनमा पार्टी नेतृत्व र कसैले केही हर्कत नहुने वातावरण कायम गर्न नेतृत्वले सोच्नु पर्नेमा सुझाव दिएका छ्न ।
Discussion about this post