कालीकोट । जिल्ला समन्वय समिती कालीकोटको निर्वाचनमा नेकपा(एमाले)र नेकपा( माओवादी केन्द्र) बीच भिडन्त हुने भएको छ । जेष्ठ २४ गते हुने मतदानका लागि आज प्रकाशित उम्मेदवारहरुमा एमालेबाट तुलराज शाही समन्वय प्रमुखका लागि उम्मेदवार रहेका छ्न भने गठबन्धन दलका तर्फबाट नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेशका सचीव धनजित शाही(आदर्श)को उम्मेदवारी रहेको छ । त्यसै गरेर समन्वय उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ मिना रावत(बिक)लाई अघि सारेको छ भने एमालेका तर्फबाट समन्वय उपप्रमुखमा बसन्ती शाहिलाइ अघि सारेको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका समन्वय प्रमुख,उपप्रमुख सहित ४ सदस्य र नेपाली कांग्रेसका दुई सदस्य,एकीकृत समाजवादीका एक जना समन्वय सदस्यमा उम्मेदवारी रहेको छ ।नेपाली कांग्रेस,एकीकृत समाजवादी र माओवादी केन्द्र बीच गठबन्धनमा एमाले एक्लै भिडेको हो ।यस अघि जिल्ला समन्वय समिती कालीकोटमा माओवादी केन्द्रको एकल नेतृत्वमा रहेको थियो ।जिल्लामा एक स्वतन्त्र सहित १० जना माओवादी केन्द्रका पालिका प्रमुख र उपप्रमुख रहेका छ्न भने नेपालि कांग्रेसका पालिका प्रमुख २ जना,एक उपाध्यक्ष र एकीकृत समाजवादीका एक स्वतन्त्र सहित २ जना पालिका प्रमुख र उपप्रमुख र एमालेका तीन जना उपप्रमुख रहेका छ्न ।
Discussion about this post