कालीकोट ।नेकपा(माओवादी केन्द्र)पलाताका उपाध्यक्ष मानबहादुर भण्डारी(बासिन्दा)ले पलाताले पन्चायत देखि हाल सम्म कुनै पनि नेतृत्वमा नपुगेकाले लगातार भोट बैंक हुन नसक्ने बताएका छ्न । नेकपा(माओवादी केन्द्र)कालीकोटको समिक्षा बैठकमा बोल्दै भण्डारीले पलाता बिगत पंचायत देखि अहिले सम्म भोट बैंक मात्र भएको र अबको पलाता भोट बैंक हुन नसक्ने बताएका हुन । आफू अहिले जिल्ला समन्वय प्रमुखको आफू आंकाक्षी भएको विषयलाई मात्र नभइ बिगत देखि अहिले सम्म पलातामा माओवादी केन्द्रले समेत उपेक्षा भएको भन्दै आउने दिनमा पलाती जनता नुन बांडेर भुल्याए जसो अब नहुने जिकिर गरेका छ्न । पलाती जनताले आगमी दिनमा उचित निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छ्न । भण्डारीले पलातामा माटो जांच गर्दा ड्राइगन फलाउने क्षेत्र हुन सक्ने बताउदै जनशक्ती उत्पादन गर्न पछि नपरेको बताउदै राजनैतिक नेतृत्व किन नजन्माउने भन्ने प्रश्न गरेका छ्न ।अहिले पलातामा डाक्टर सर्पराज रोकाया समेत जन्माएको समेत जिकिर गर्दै आउने दिनमा पनि उच्च नेतृत्व जन्माउने दाबी गरेका छ्न ।पलातामा २०३५ सालमा खिनका अज बहादुर बम जिल्ला पंचायत उपसभापति भए देखि हाल सम्म कुनै अवसर नपाएको बताइएको छ ।
Discussion about this post