पचालझरनाको भारपाटामा नमुना कृषि फर्म संचालन हुने

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पचालझरना गाउँ पालिकाको भारपाटामा बृहत कृषि फर्म बन्ने भएको छ ।

जिल्लाको सबै भन्दा अग्लो क्षेत्रका रुपमा रहेको भारपाटामा वर्षको एक पटक वालि पाक्ने गरेको ठाउँका रुपमा चिनिदै आएको छ । त्यहाँको ठुलो भुभागमा बृहत खालको कृषि फर्मको शुरुवात हुने भएको छ ।

सातौं गाउँ सभा मार्फत सो क्षेत्रलाई नमुना फमका रुपा विकास गरेर लैजाने योजना तय भएको पचाझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहांले भन्नु भयो फलफुलमा आत्मनिर्भर बनाउन र भारत लगाएतका देशमा गएका युवाहरुको समुहले त्यहां भारपाटामा ठुलो परिमाणमा उत्पादन हुने स्याउ तथा तरकारी तर्फ आलु र सिमिको उत्पादन गर्न सकिने भएकाले नमुना कृषि फर्म बनाउनु पर्नेमा जोड दिदै आगामी दिनमा कृषिमा आत्मनिर्भर बनाउन ति क्षेत्रहरुका लागि आवश्यक निति बनाई शुरुवात गर्ने कृषकहरुलाइ आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

यस वर्ष दुई हजार वर्गमिटर क्षेत्रफलमा घेरबार सहितको स्याउ फर्मका लागि शुरुवात गरिएको र ५०० भन्दा बढि स्याउका विरुवा लगाइएको शिक्षक तुलराज कठायतले बताउनु भएको छ । हाल त्यहाँ आलु,सिमि र स्याउ व्यापक लगाउन लागिएको कृषक धर्मे कठायतले बताउनु भएको छ । वहांले भन्नु भयो पहिले जौ र गहुं मात्र लगाउने गरेको भएपनि पछिल्लो समयमा स्याउ लगाउनेको होडबाजि चलेको बताउनु भयो ।

पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दुमा अर्गानिक उत्पादन हुने क्षेत्रका रुपमा चिनिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित