कालीकोट । जिल्ला समन्व समिती कालीकोटको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित माओवादी केन्द्रले बहुमत सदस्यमा जित हांसिल गरेको छ । सत्ताधारी गठबन्धन दलका तर्फबाट नेकपा(माओवादी केन्द्र)का कर्नाली प्रदेश सचिब धनजित शाही(आदर्श) र उपप्रमुखमा मिना रावत ( बिक)ले १५ मत ल्याएर बिजयी भएका हुन । त्यसै गरेर जिल्ला समन्वय सदस्यमा माओवादीबाट ४,नेपाली कांग्रेसबाट २ र एकीकृत समाजवादीबाट एक जना गरेर नौअ सदस्य बिजयी भएको बताइएको छ ।गठबन्धन दलका तर्फबाट बिजयी भएपनी एमालेले एकल प्यानल प्रस्तुत गरेको थियो । जसमा जिल्ला समन्वय प्रमुखमा एमालेका तुलराज शाही र उपप्रमुखमा बसन्ती शाहीको उम्मेदवारी रहेकोमा दुई मत मात्र प्राप्त गरेको बताइएको छ ।गठबन्धन दल र एमालेका उम्मेदवार बीच १३ मतान्तरले अन्तर रहेको हो । जिल्लामा आगामी संघ र प्रदेशको निर्वाचनलाई मध्ये नजर गर्दै माओवादी केन्द्रको १० पालिका प्रमुख र उपप्रमुख हुंदाहुंदै गठबन्धन गरेको जानकारहरु बताउछन ।
Discussion about this post