कालीकोट । नेपाली कांग्रेस कालीकोटकि नेतृ सुमित्रा बमले उत्पीडित क्षेत्र,दलित,महिलाको सम्मान गर्ने माओवादी भएको बताएकी छन। जिल्ला समन्वय समिती कालीकोटको निर्वाचित जनप्रतिनिधिलाई बधाइ दिदै कांग्रेस नेतृ बमले जिल्ला समन्वय समिती कालीकोटको उपप्रमुख जस्तो पदमा पचालझरना ३ निवासी मिना रावत ( बिक) बिजयी भएपछी बधाइ दिदै सामाजिक संजाल मार्फत बमले उत्पीडित जातिको लागि सम्मान गर्ने माओवादीलाई विशेष धन्यवाद दिएकी हुन । सुमित्रा बम नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ को लागि नेपाली कांग्रेसबाट पचालझरना गाउँ पालिका उपाध्यक्षकि उम्मेदवार भएपनी गठबन्धनका कारण उम्मेदवार फिर्ता लिएकी थिइन ।
Discussion about this post