सिभिलमा माओवादी स्वास्थ्यकर्मीहरु संगठित

7
SHARES
15
VIEWS

काठमाडौं। नेकपा( माओवादी केन्द्र)को  भातृ संगठन  अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको छ ।

पहिलो पटक संगठनमा आवद्ध भएको कमिटीको अध्यक्षमा दिनेश पन्त, उपाध्यक्षमा सन्दिप तिवारी, सचिवमा तिलक खड्का, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा हेमराज अधिकारी(मनिष), सहकोषाध्यक्षमा सुवास न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रमेश विक, मनिता शर्मा, एसिना आरसी, जानुका रिजाल, हेमराज भण्डारी, सकुन्तला बन्जाडे र ज्याङ्गबु शेर्पा चयन भएका छन् भने कमिटीको सल्लाहकारमा प्रदिप शर्मा चयन भएका छन् ।
पार्टीका केन्द्रिय सदस्य, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण संगठनका इन्चार्ज कल्पना धमलाको प्रमुख आतिथ्यता र दिनेश पन्तको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित