लालुमा पहिरो,दुई दिन सम्म रोकिएन,पछि हुने जोखिम कम गर्न स्थानीयको आग्रह(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको लालुमा आएको पहिरोले कृषि बाली सहित खेतीयोग्य जमिनमा क्षेती पुगाएको छ । नरहरिनाथ गाउँ पालिकाको वडा नम्बर ८ लालुको तल्कोटको माथी बिच ज्युलामा  बुधबार आएको भारी वर्षाले खोती गर्ने जमिन सहित धानको बेर्ना समेतमा क्षेती पुगाएको  स्थानीयले बताएका छन ।स्थानीय लाल बहादुर भण्डाराका अनुसार अहिले पनि पहिरो गैरहेको रुप बहादुर बिष्टका अनुसार सो क्षेत्रमा लाखौंको क्षेती भएको बताएका छन । सो को ब्यबस्थापन गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको बताइएको छ । नरहरिनाथ गाउँ पालिकामा अघिल्लो वर्ष पनि मानबिय क्षेती सहित बालिनाली नस्ट तथा खेतबारी समेतमा क्षेती पुगेको थियो । यस पटक भने मानवीय क्षेती नभएपनी स्थानीयको खेती गर्ने जमिन,फलफुल तथा अन्य क्षेती भएको बताइएको छ । सो क्षेतिको एकिन विवरण निकाल्ने र उचित क्षेतीपुर्तिको पहल गर्ने वडा अध्यक्ष लाल बहादुर बिष्टले बताएका छ्न ।उनका अनुसार पहिरो दुई दिन सम्म पनि नरोकिएकाले वडामा आकस्मिक बैठक बसेर राहत र उद्वारका लागि  विभिन्न संघ संस्था र पालिका सरकार तथा प्रदेश सरकार संग सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित