हिमचुली सहकारीका पदाधिकारीले लिए सपथ र पदभार ग्रहण

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लिका नव निर्वाचित पदाधिकारीले सपथ लिए संगै पदभार ग्रहण गरेका छ्न । जिल्लाको सबै भन्दा ठूलो व्यावसायिक सहकारी संस्था हिमचुली कृषि सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा बाट निर्वाचित पदाधिकारीहरुले सपथ लिए संगै पदभार ग्रहण गरेका हुन । संस्थाका नवनिर्वाचित अध्यक्ष कालि बहादुर महतारा,बरिष्ठ उपाध्यक्ष सरोज बोगटी,समाबेसि उपाध्यक्ष दमिला शाही र सचिव पौरख विकले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गर्दै संस्थाको पहिलो बैठकबाट संचालक समिति र कमर्चारीहरुको ३० लाखको कर्जा विमा गर्ने ।संस्थामा कर्मचारीहरु मध्येबाट तिन जनालाई स्थायि गर्ने,आन्तरिक पुंजि बृद्धिका लागि लगानि गर्ने र कृषि क्षेत्रमा कर्जा प्रवाह गर्दा व्याजदरमा सहुलियत प्रदान गर्ने निणर्य गरेको बताइएको छ ।

त्यसका साथै संस्थाले स्वर्गिय सिंह बहादुर शाहीको नाममा कोषको व्यवस्थापन गर्दै दुई वालवालिकालाई मासिक दुई हजार छात्रबृति प्रदा गर्ने समेत निणर्य गरेको बताइएको छ । जिल्लाका स्थानिय तहहरु संगको सहकार्यमा नमुना कृषि फर्म र सुपथ मुल्य पसल संचालन गर्ने समेत निणर्य गरेको संस्थाका सचिव पौरख विश्वकर्माले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित