पचालझरनाको आगामी वर्षको बजेट ३७ करोड

7
SHARES
15
VIEWS

कालिकोट,असार । पचालझरना गाउँ पालिकाको छैटौं गाउँ सभामा पालिका उपाध्यक्ष तारा न्यौपाने द्वारा आर्थिक वर्ष २०७७/०७८ को आम्दानी तर्फ संघ र प्रदेश सरकार साथै आन्तरिक आम्दानी गरि ३७ करोड २९ लाख ५२ हजार १ सय ७० प्रस्तुत गरियको छ ।

जस्मा संघ सरकार बाट राजस्व अनुदान तर्फ ६ करोड १६ लाख ५० हजार १ सय ७०, बित्तिय समानिकरण बाट प्राप्त ८ लाख ९२ हजर,ससर्त अनुदान १४ करोड १०लाख, बिशेष अनुदान ५० लाख रहेको छ भने कर्नालि प्रदेश सरकार बित्तिय समानिकरण तर्फ १ करोड १० लाख २ हजार,ससर्त अनुदान ६० लाख,राजस्व २६ लाख ५ हजार,समपुरक कोषबाट १ करोड ४० लाख,विशेष अनुदान २५ लाख रहेको छ भने अन्य बहुक्षेत्र पोषण बाट १२ लाख ३५ हजार,सामाजिक सुरक्षा तर्फ ७ करोड ५० लाख,आन्तरिक आम्दाइ तर्फ ५० लाख गरेर ३७ करोड २९ लाख ५२ हजार १ सय ७० रहेको छ ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष तारा न्यौपानेले अहिले बहसका लागी प्रस्तुत गरिएको बताउदै सबैले हरेक शिर्षक माथी व्यापक छलफल गरेर अन्तिम टुंगोमा पुग्ने र रातो किताब निकालेर अन्तिममा सबै योजनाहरुलाइ बिनियोजित रकमको बिस्तृत बजेट सार्बजनिक गरिने बताउनु भयको छ । पचालझरना गाउँ पालिकाको नीति तथा कार्यक्रम पालिका अध्यक्ष खडगराज सेजुवाल प्रस्तुत गर्ने तय भयको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित