माओवादी केन्द्रले पलांताका लक्ष्मण बम लगाएतका एक दर्जन नेतालाई साधारण सदस्य नरहने गरी निष्कासन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले जिल्लामा पार्टी विरोधि गतिविधि गर्ने एक दर्जन बढिलाई कार्वाही गरेको छ । कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा भऐको जिल्ला समन्वय समितिको समिक्षात्मक बैठकले पलांता गाउँ पालिकाका पूर्व अध्यक्ष तथा कर्नालि प्रदेश कमिटि सदस्य लक्ष्मण बम,तत्कालिन पलांता गाउ कमिटि इन्चार्ज अनन्त विक(राजेश) लगाएतका नेताहरुलाई साधारण सदस्य नरहने गरी कार्वाही गरेको हो ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका संयोजक लक्ष्मि प्रसाद चौलागाई (शैलेन्द्र) को अध्यक्षतामा भएको उक्त बैठकले स्थानिय तहको निर्वाचनमा पार्टी विरुद्ध लागेका तथा अन्तरघात गरेका नेताहरुलाई कार्वाही गरेको हो । नेकपा(माओवादी केन्द्र)ले जारी गरेको सर्कुलरमा भनिएको छ ।

विगतमा पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका हाल अवसरवादी ,पलायनवादी, व्यक्तिवादी प्रबृतिका रुपमा आन्दोलनबाट स्खलीत भएका पलांता गाउँ पालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बम,प्रदेश कमिटि सदस्य एवंम तत्कालिन पालिका इन्चार्ज अनन्त बि क,शुभकालिकाका गाउँ कमिटि सचिव गंग बहादुर महतरा,नरहरिनाथ गाउँ कमिटिका सहसचिव रत्न बोगटी ,पलांता गाउँ कमिटी उपाध्यक्ष बिद्धी कामी,सचिव लंक बम,गाउँ कमिटी सदस्य तथा महिला संगठनको पालिका अध्यक्ष गोरीकला बम (शाही ) र पलांता गाउँ पालिका वडा न.९का पूर्व वडा अध्यक्ष टक्क बम लगाएत एक दर्जन बढिलाई कार्वाही गरेको बताइएको छ ।

उनिहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी निस्कासन गरीयको जिल्ला संयोजक शैलेन्द्रले बताउनु भएको छ । पलांता गाउँ पालिकामा गएको स्थानिय तहको निर्वाचनमा एमालेमा प्रवेश गरेर अनन्त विक अध्यक्षका उम्मेद्धार भएको र विकलाई लक्ष्मण बमले सहयोग गरेर माओवादी केन्द्रका उम्मेद्धारलाई हराउन लागेको आरोप लगाइएको छ ।

सो अवधिमा लक्ष्मण बमले स्वतन्त्र भएको घोषणा समेत गरेका थिए ।नेकपा(माओवादी केन्द्र)ले पलांता गाउँ कमिटि इन्चार्जमा मान बहादुर भण्डारी (बासिन्दा)लाई तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित